१४ भाद्र, मेचीनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले अब माओवादी केन्द्रले नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने बताएका छन् । योङ कम्युनिस्ट लिग नेपाल मेचीनगरको सातौं सम्मेलनको प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य तामाङले माओवादीको क्रान्तिबाट ब्यवस्था बदलेको र अब अवस्था बदल्न भ्रष्टाचार विरुद्ध अन्तिम संघर्ष गर्नुपर्ने बताएका हुन् । युवा नेता तामाङले सबै भ्रष्टाचार जोगाउन र भ्रष्टाचारीलाई उन्मुक्ति दिन एमाले-काङ्ग्रेस गठबन्धन भएको भन्दै समाजका टोलटोल र केन्द्रमा भएको भ्रष्टाचारलाई परास्त गर्दै सुशासनका लागि संघर्ष हुने बताएका थिए । अवस्था बदल्नका लागि युवाको ढुकढुकी `वाइसीएल´ महत्त्वपुर्ण योगदान हुनुपर्नेमा जोड दिएका थिए । उनले भने, अब…
१४ भाद्र, मेचीनगर । योङ कम्युनिष्ट लिग नेपाल मेचीनगरको अध्यक्षमा दिपक राईसहित ५१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । नेपाल मेचीनगरको सातौं सम्मेलनबाट उपाध्यक्ष राजेश गुरुङ, दीपेश मेचे, रिजेश कार्की, सचिवमा सुबम खड्का सहसचिवमा बरुण राजबंशी, रमेश बाँस्तोला, उपाध्यक्ष रन्जिना वर्देवा सर्वसम्मत भएका हुन् । त्यसैगरी देबेन्द्र दाहाल, रबिन पराजुली, राम राजबंशी, बिष्णु, भट्टराई, लक्ष्मी आचार्य, तुलसी आचार्य, हेम थापा लगायत सदस्यमा चयन भएका छन् । राजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यीय रन्जित तामाङ, झापा संयोजक राजु आचार्य अग्नि, सचीव मोहन टुडु, वाइसीएलका जिल्ला इन्चार्ज निशान मगार, प्रदेश सदस्य प्रकाश भण्डारी, डिल्लीराम घिमिरेलगायतले सम्बोधन गरेको कार्यक्रममा…
१४ भदौ, झापा । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो । आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो । विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको…
१४ भाद्र , पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सीअस्पताल लजादै गर्दा बाटोमै मृत्यु भएको हो। विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन् । उनलाई पनि जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि झापाको बि एण्ड सी अस्पतालमा रिफर गरिएको छ। त्यसैगरी ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय…
१३ भाद्र, काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा प्रहरीले ति व्यक्तिलाई ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको हो । ति व्यक्ति मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्बजनिक गरेको थियो । उनीविरुद्ध अहिलेसम्म बयान मात्र लिइएको र कुनै किसिमको मुद्धा दायर भने गरिएको छैन । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार भेटिएकी थिइन् । नेपालमा भोजपुरकी पाण्डे…
१२ भाद्र, काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति गरेका थिए । त्यसपछि संसदमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच भनाभन भएको थियो । सभामुख देवराज घिमिरेले हिंसा भन्ने शब्द असंसदीय भएको नभएको बारे छानबिन गर्न सचिवालयलाई निर्देशन दिएपनि विवाद बढेको थियों । माओवादी केन्द्रक प्रमुख सचेतक हितराज पाण्डेले संसद नियम अनुसार संसद नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
११ भाद्र, भद्रपुर । लागुऔषधलाई प्लास्टिकले पोका बनाएर मलद्वारमा लुकाएर नेपाल भित्र्याइएको अवस्थामा प्रहरीले भद्रपुरबाट २ जनालाई नियन्त्रणमा लिएको छ। लुकाइछिपाई ल्याउँदै भद्रपुरको मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ मेची पुलमा अस्थायी प्रहरी बिट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ३२८७ नम्बरको मोटरसाइकलमा सवार भद्रपुर-८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको मलद्वारबाट १३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई सोधपुछ गर्ने क्रममा भक्तपुर सूर्य विनायक नगरपालिका -३ बस्ने २८…
काठमाडौं । साफ यू–२० फुटबलको फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ४-३ ले पराजित गरेको हो । निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएको थियो । यससँगै बुधबार दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र बंगलादेश आमने-सामने हुनेछन् । आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ ले स्तब्ध पार्दै फाइनल पुगेको थियो ।
८ भदौ, बिर्तामोड । हतकडी फुस्काई चार दिनअघि फरार भएका इलाका प्रहरी कार्यालय बिर्तामोडका थुनुवा आज पक्राउ परेका छन् । गत मंगलवार दिउँसो उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका थुनुवा २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका थिए । दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने राई हतकडी फुस्काई फरार भएपछि खोजी कार्य तीब्र पारिएको थियो । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली चार दिनदेखि खटिएको थियो ।
८ भाद्र , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा सचेत नहुँदासम्म देश नबन्ने बताएका छन् । शनिबार काठमाडौं यूथ कन्क्लेभ २०२४ मा सहभागीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म चिताए जसरी देश अघि बढाउन नसकिने बनाए । ‘किन भने युवा नै देशका सम्पूर्ण शक्ति हुन्’, ओलीले भने । युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्नेमा ओलीले जोड दिए । त्यसका लागि युवालाई रोजगारीमा जोड्नु पर्ने भएकाले सरकारले स्टाटपको कार्यक्रम सुरु गरेको उनले स्पष्ट पारे । स्टाटपको लागि लोन दिन सरकारले यस वर्ष एक अर्ब रुपैँया छुट्याएको पनि प्रधानमन्त्रीले जानकारी दिए । उनले राम्रो योजना…