– होमराज राई, मंसिर ९ देखि मंसिर २४ गतेसम्म मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदैछ। सडकमा ब्यानर बोकेर, नारा लगाएर, भाषण गरेर र सामाजिक सञ्जालमा अभियानका तस्बिरहरू राखेर के साँच्चिकै हिंसाको अन्त्य हुन्छ? कि यो सबै औपचारिकता पूरा गर्ने एउटा वार्षिक कर्मकाण्ड मात्रै हो? आज हामीले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ—यो अभियान साँच्चिकै पीडितको न्यायका लागि हो कि आफ्नो सामाजिक प्रतिष्ठा चम्काउने माध्यम मात्रै? लैङ्गिक हिंसाविरुद्ध चर्का नारा लगाउनेहरूले के आफ्नै घर, परिवार, कार्यस्थल र आफू संलग्न संस्थाभित्र हुने हिंसा, विभेद, शोषण र अन्यायविरुद्ध पनि त्यत्तिकै आवाज उठाएका छन्? अरूलाई सचेत गराउनेहरूले आफूले आफ्नो व्यवहारमा…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा कायम भएको छ ।त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर १०३ रुपैयाँ ४९ पैसा, युरोपियन युरो १६१ रुपैयाँ ७८ पैसा र बेलायती पाउन्ड १९३ रुपैयाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न आग्रह गरेको छ ।