Skip to main content

नयाँ तृष्णा

Day: २०८२ चैत्र १०, मंगलवार

मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै, सम्बन्धित निकायको ढिलासुस्ती

मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै, सम्बन्धित निकायको ढिलासुस्ती

झापा । मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै जाँदापनि सम्बन्धित निकायको ढिलासुस्ती र लापरवाहीका कारण जोखिम झन् बढ्दै गएको देखिएको स्थानीयले गुनासो गरेका छन् । बर्ड फ्लु नियन्त्रण नियमावली–२०७८ अनुसार संक्रमण पुष्टि भएलगत्तै प्रभावित क्षेत्र चार किल्ला तोकेर आवतजावत तथा पंक्षीजन्य पदार्थको ओसारपोसारमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने व्यवस्था भए पनि मोरङमा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फर्ममा गत बुधबारदेखि कुखुरा मर्न सुरु भएको थियो । फर्म सञ्चालक बोधराज दाहालले कारण पत्ता लगाउन मृत कुखुरा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बुझाएका थिए । शनिबारसम्ममा करिब ३ हजार कुखुरा मरिसकेका थिए भने आइतबार बिहान मात्र बर्ड फ्लु…
Read More
हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई झापाली पक्राउ

हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई झापाली पक्राउ

१० चैत्र २०८२, मंगलवार, झापा । लागूऔषधसहित पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै डेढ लाख रकम ठगी गर्ने झापा कमल गाउँपालिकाका वडा सदस्यका छोरासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं ६ का वडा सदस्य टंक खड्काका छोरा कमल ६ खयरबारी बस्ने बर्ष ३२ का सुमन खड्का र दमक नगरपालिका वडा नं. ९ जिम्दार चोक बस्ने वर्ष ३० का अरुण दनुवार रहेका छन् । उनीहरुले गत फागुन २५ गते दिउँसो १ बजे लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका कमल गाउँपालिका वडा नं. ६ का लक्ष्मण राजवंशीलाई छुटाइदिने भन्दै सो रकम लिएको आरोप छ । कमल ६ गुवाबारीस्थित सडकखण्डबाट पक्राउ…
Read More