Skip to main content

नयाँ तृष्णा

हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई झापाली पक्राउ

[adsforwp id="2511"]

झापा । लागूऔषधसहित पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै डेढ लाख रकम ठगी गर्ने झापा कमल गाउँपालिकाका वडा सदस्यका छोरासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं ६ का वडा सदस्य टंक खड्काका छोरा कमल ६ खयरबारी बस्ने बर्ष ३२ का सुमन खड्का र दमक नगरपालिका वडा नं. ९ जिम्दार चोक बस्ने वर्ष ३० का अरुण दनुवार रहेका छन् । उनीहरुले गत फागुन २५ गते दिउँसो १ बजे लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका कमल गाउँपालिका वडा नं. ६ का लक्ष्मण राजवंशीलाई छुटाइदिने भन्दै सो रकम लिएको आरोप छ ।

कमल ६ गुवाबारीस्थित सडकखण्डबाट पक्राउ परी जिल्ला अदालत झापाबाट म्याद लिई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको अवस्थामा लक्ष्मण राजवंशीलाई हिरासतबाट निकालिदिने भनी उनीहरुले लक्ष्मणका दाजु कमल ६ मैनाखता टोल बस्ने वर्ष ३९ का रामप्रसाद राजवंशीसंग सो रकम ठगी गरेका थिए ।

पैसा दिएर पनि आफ्नो भाइ नछुटेपछि रामप्रसाद सोधपुछ गर्न इलाका प्रहरी कार्यालय दमक गएका थिए । त्यसपछि प्रहरीले आइतवार दुवैलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसुरमा जिल्ला अदालत झापाबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...