काँकरभिट्टा । लिम्बू समुदयलाई लक्षित गरि प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन सम्पन्न भएको छ । “आऔ हाम्रा मानिसहरुका लागि हामी एस्तर बनौं ” भन्ने मुख्य बचनलाई प्रशंग बनाई बुधबारबाट शुरु भएको प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन काँकरभिट्टाको सामुदायीक हलमा आज सम्पन्न भएको हो । प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन डा.छत्र पावल सुब्बाले प्रमुख आतिथ्यता रहेका थिए भने रेभ दानियल सुब्बाको बिशिष्ठ आतिथ्यतामा भएको बृहत कार्यक्रमको प्रमुख बक्ता सारा सुब्बा र अन्य बक्ताहरु लिना सुब्बा,तारा कन्दङवा र सेम्मुई एक्तेनद्धारा लिम्बू समुदायप्रति उत्साह दिंदै परमेश्वरको आशिषमय बचन प्रस्तुत गर्नु भएको थियो । अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलनमा अन्तर्राष्ट्रिय ख्रीष्टियन…
मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । उसले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो । एरोन थापाले २५…
झापा । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाएकोछ । झापा बिर्तामोडको बिराटपोखरीमा माहाशिवरात्रिको अवसरमा भब्यताकासाथ बिराट सरोबर समितिको आयोजनामा आराधनासहित गंगा आरती सम्पन्न भएको हो । कार्याक्रमको प्रमुख अतिथि बिर्तामोड नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्राैला, अतिथि वडा न ३ का अध्य्क्ष मदन बुडाथोकीलगायतको उपस्थिति रहेको थियो । कार्याक्रमको अध्यक्षता सरोबर समितिका अध्य्क्षले गर्नुभएको थियो भने कार्याक्रम संचालन लिला अनमोलले गर्नुभएको थियो । आज महादेवको पूजा आराधनाका लागि मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको थियो ।