१५ पुष, झापा । आमूल परिवर्तन नागरिक पार्टीको केन्द्रीय कार्यालय बल्खुमा दुई विभाग गठन भएको छ। पार्टीको अध्यक्ष दल मर्दन कामीको अध्यक्षता र पार्टीका अर्का अध्यक्ष भरत गिरीको विशिष्ठ अतिथिमा सो कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पार्टीका विभिन्न केन्द्रीय स्तरका नेताहरुको उपस्थति रहेको थियो। कार्यक्रम सञ्चालन भने पार्टी उपमहासचिव नरेश क्षितिजले गर्नु भएको थियो। पार्टी अध्यक्ष गिरीले संगठन भित्र विभिन्न विभाग बनाउन आवश्यक रहन्छ संगठनलाई चुस्त दुरुस्त बनाउन।त्यसैले आज हामी यहाँ भेला भएका छौं। आज दुइटा विभाग सूचना,सञ्चार,प्रचार तथा युवा गठन गर्न गइरहेको छौं । दुवै विभालाई शुभकामना तथा अझ शसक्त भएर अगाडी बढ्न समेत निर्देशन गिरीले दिनुभएको छ।…
१५ पौष , काठमाडौँ । क्यानडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।तीन साताअघि साँझ कुहिरो लागेको समयमा सडक पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिँदा फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठको मृत्यु भएको हो । डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि उनलाई स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको क्यानेडियन प्रहरीले जनाएको छ । नेपालमा उनको घर सुनसरी भनिए पनि यकिन ठेगाना खुलिसकेको छैन । उनको अन्तिम संस्कार, बुबा आमाको यात्रा र अन्य आपतकालीन खर्चका लागि २५ हजार डलर उठाउने लक्ष्यका साथ ‘गो फण्ड मी’ मा चन्दा…