२५ भाद्र, काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै केही समयअघि उनलाई प्रहरी नियन्त्रण लिएको थियो । प्रहरीले उनलाई गाडीमा टन्कीसिन्वारीको घरसम्म छाडेर फर्किएको थियो । लगत्तै उनी निजी गाडी चढेर अनशन बस्न विराटनगर आएका थिए । उनी अहिले विराटनगरको देवकोटा चोकमा अनशन बसेका छन् ।
२५ भाद्र, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। क्यानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका…
२५ भदौ, मेचीनगर । नेपाल मानव धर्म सेवा समिति मेचीले विश्व साक्षरता दिवसको अवसरमा मेचीनगर, दमक र गौरादह नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरेको छ । नेपाल मानव धर्म सेवा समिति मेचीले मेचीनगर, दमक र गौरादह नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा ५३२ जना विपन्न वर्गका विद्याार्थीहरुलाई शैक्षिक सामाग्री सोमबार वितरण गरेको हो । मेचीनगर–८ को विद्योदय प्राविका अध्ययनरत ६० जना विद्यार्थीलाई वडाध्यक्ष गिरीराज धमलाले वितरण गरिएको थियो । मेचीनगर–१५ को कालिका आधारभुत विद्यालयका १९१ जना विद्यार्थीहरुलाई मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीले वितरण गरिएको थियो । वडा नम्बर १५ कै मेची पारीको गाउँमा रहेको मेची प्राविका २१ जना विद्यार्थीलाई…