नयाँ तृष्णा

Day: २०८१ भाद्र ५, बुधबार

‘क्लास वर्क’ नगरेको भन्दै पाइपले पिट्दा बिद्यार्थी अस्पताल भर्ना

‘क्लास वर्क’ नगरेको भन्दै पाइपले पिट्दा बिद्यार्थी अस्पताल भर्ना

५ भाद्र, झापा,  शिवसताक्षी १० को बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रमाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जलि गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भागमा ‘डढेँल्नु’ तीनवटा डाम ‘सुम्ला’ छन् । उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताए। उनले विद्यार्थीको उपचार भइरहेको अस्पताल बिर्ता सिटीतर्फ गइरहेको बताए । कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले ‘क्लास वर्क’ का लागि सबै विद्यार्थीलाई अनुरोध गरे ।…
Read More
संसारकै मोटा व्यक्ति ६१० किलोका खालिदले तौल घटाएर ६४ किलोका भए

संसारकै मोटा व्यक्ति ६१० किलोका खालिदले तौल घटाएर ६४ किलोका भए

५ भाद्र, काठमाडौं । संसारकै सबैभन्दा धेरै तौल भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीले आफ्नो परिवर्तनले सबैलाई चकित पारेका छन् । साउदी अरबका पूर्व राजा अब्दुल्लाहको सहयोगमा उनले ५४६ केजी तौल घटाए । २०१३ मा खालिदको वजन ६१० किलो थियो। उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानमा लडिरहे । आफ्नो दैनिक आवश्यकताका लागि पनि उनले साथीभाइ र परिवारबाट सहयोग लिनुपरेको थियो । खालिद साउदी अरेबियाको जाजान सहरका बासिन्दा हुन्। खालिदको अवस्था देखेर तत्कालीन राजा अब्दुल्लाहले उनको ज्यान बचाउन सहयोग गरेका थिए । राजाले खालिदका लागि ३० जना चिकित्सकको टोलीको व्यवस्था गरेका थिए । यो टोलीले उनको उपचार र खानपानको ख्याल…
Read More
भारतमा चर्कियो आरक्षणको मुद्दा, आज बन्द आह्वान

भारतमा चर्कियो आरक्षणको मुद्दा, आज बन्द आह्वान

५ भाद्र, काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन् । बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान गरेकी छन् । मायावतीका भतिजा आकाश आनन्दले भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरु पार्टीको झण्डासहित शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुने बताएका छन् । बन्दलाई लक्षित गरी राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लखनउमा निषेधाज्ञा नै लागू गरिएको…
Read More
सहकारी प्रकरण: लामिछानेले संसदीय समितिमा ७ गते बयान दिने

सहकारी प्रकरण: लामिछानेले संसदीय समितिमा ७ गते बयान दिने

५ भाद्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको बताएका छन् । बुधबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले आफुलाई भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको जानकारी गराएका हुन् । समितिले छानबिनको क्रममा यसअघि रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिइसकेको छ । समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति थापाले बताएका छन् ।
Read More
झापामा कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ

झापामा कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ

५ भदौ, काठमाडौं । झापामा एक थान कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भदौ ४ गते बेलुका आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आङदेम्बेको घर परिसरमा तलासी लिंदा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् डिएसपी कृष्णबहादुर चन्दले जानकारी दिए । कटुवा पेस्तोल फेला परेपछि आङदेम्बेलाई समेत नियन्त्रणमा लिइएको हो । उनलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको…
Read More