एजेन्सी। भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्किँदा १ एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान छत भत्किएर खस्दा एकजनाको मृत्यु र ६ जना घाइते भएका छन् । छत रोकिराखिएको सवारी साधनमाथि खसेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारी वर्षाका कारण ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको छत खसेको विमानस्थलका प्रवक्ताले बताए । दुर्घटनामा मृत्यु र घाइते भएकाहरूका लागि उनले क्षतिपूर्तिको घोषणा गरेका थिए । मृतकको परिवारलाई २० लाख भारु र घाइतेलाई ३ लाख भारु दिने घोषणा गरिएको छ । घटनापछि टर्मिनल १ का सबै उडान स्थगन गरिएका छन् ।
असार १४, मेचीनगर। सर्पको उद्वारमा खटिएका उद्वारकर्मी मुन्ना कार्कीलाई सर्पले डस्दा घाइते भएका छन् । आज दिउँसो साढे १ वजे मेचीनगर–६, पुरानो भन्सार स्थित आफ्नै घरमा सर्प राखेको बट्टा परिवर्तन गर्ने क्रममा कार्कीलाई गोमन सर्पले डस्दा घाइते भएका हुन् । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेलले सर्प उद्वारकर्मी कार्कीले हिजो समातेका सर्पहरु सुरक्षित ठाउँमा लाने तयारी गर्दा एउटा बट्टामा राखिएको सर्प अर्को बट्टामा सार्ने क्रममा गोमन सर्पले देब्रे हातको साईली औँलामा डसेको जानकारी दिए । डस्ने वित्तिकै कार्कीलाई चारआली स्थित सर्पदंश उपचार केन्द्रमा लगेको उनले बताए । ‘उनको अवस्था अहिले सामान्य हुँदै गएको छ’, खरेलले भने–‘विशालु सर्पले…
असार १४,काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई काठमाडौंको विशेष टोलीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो । ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो। यो प्रकरणमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।
असार १४, रामेछाप । रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। लिखु तामाकोसी गाउँपालिकास्थित बिर्ता लामपानीमा आज बिहान यात्रु बाहक बस दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रदीप श्रेष्ठले जानकारी दिए।खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रु बाहक बस आज बिहान दुर्घटना भएको हो। घाइतेलाई स्थानीयले उद्धार गरी अस्पताल उपचारका लागि अस्पताल लैजाने तयारी गरिरहेका छन्। घटनास्थलमा प्रहरी पुगिनसकेको स्थानीयले जनाएका छन्। घटनाको थप विवरण आउन बाँकी छ । - न्यूज अफ नेपालबाट