Skip to main content

नयाँ तृष्णा

इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

एजेन्सी । इजरायल र हिजबुल्लाहबीचको शत्रुता बढ्दै जाँदा लेबनानमा कम्तीमा ३०,००० मानिसहरू विस्थापित भएका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार उनीहरु धेरैले आश्रयस्थलहरूमा शरण लिएका छन् । इजरायलले लेबनानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाह विरुद्ध हवाई अभियान अगाडि बढाइरहेको छ । विशेषगरी राजधानी बेरुतको दक्षिणी उपनगरहरू र देशको दक्षिणमा, बासिन्दाहरूलाई खाली गर्ने चेतावनी जारी गरेको छ । हिजबुल्लाहले मंगलबार लेबनानमा रहेको आफ्नो गढमा इजरायली आक्रमणको बदला लिन तीन इजरायली सैन्य अड्डाहरूमा आक्रमण गरेको बताएको छ । जसमा बेरुतको दक्षिणी उपनगरहरू पनि समावेश छन्। इजरायल रक्षा बलले मंगलबार भनेको छ कि यसको ९१ औं डिभिजनका सेनाहरूले दक्षिणी लेबनानमा अपरेशन सञ्चालन…
Read More

झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायमै

  झापा / राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनपछि जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका ५ वटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तर बनाउँदै लागेका हुन् ।  
Read More

राष्ट्रपतिले जारी गरे ७ अध्यादेश, एउटा पुनर्विचारका लागि फिर्ता

२० वैशाख, काठमाडौं । सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ७ वटा जारी गरेका छन् । आइतबार अपराह्नसम्म उनले ७ वटा अध्यादेश जारी गरे भने एउटालाई प्रधानमन्त्री कार्यालयलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका छन् । सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला ४ दिनमा राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गरेका हुन् ।
Read More

संविधान संशोधन कार्यदलले बोलाएको बैठक जेनजी युवाहरूले गरे बहिष्कार

काठमाडौं, संविधान संशोधनको बहसपत्र तयार पार्न बनेको कार्यदलले शुक्रबार बोलाएको बैठकमा जेनजी युवाहरूले उपस्थित हुन अस्वीकार गरेका छन्। २५ जेनजी प्रतिनिधिहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू उक्त बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्। उनीहरूले छलफलमा बोलाएकोमा धन्यवाद पनि दिएका छन्। छलफलमा भाग लिनुअघि आफ्ना ६ बुँदे माग रहेको उनीहरूको भनाइ छ। 'विभिन्न कारणले जेठ १ मा आमन्त्रण गरिएको छलफलमा हामी सहभागी हुन नसक्ने व्यहारा जानकारी गराउँछौं,' वक्तव्यमा भनिएको छ, 'यस्ता किसिमका छलफलमा पुन: आमन्त्रण गर्नुअघि हाम्रा ६ बुँदे माग पूरा गर्न नेपाल सरकारसमक्ष जोडदार अपिल गर्छौं।' उनीहरूले मंसिर २४ गते भएको जेनजी आन्दोलनको सम्झौता अक्षरश: कार्यान्वयन गर्न माग गरेका…
Read More