२३ फाल्गुन २०८२, शनिबार, काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्रै पाएका छन्। शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै झापा–५ मा ऐतिहासिक जित हासिल गरेका हुन्।
फागुन २३ गते , मेचीनगर । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा झापा क्षेत्र नं. १ मा ५३ हजार मत गणना भइसकेको छ । आज विहान १२ बजेसम्ममा ५३००३ मत गणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार निशा डाँगीको मतान्तर २० हजार ६ सय १३ पुगेको छ । डाँगीले २७७६७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका केवलराम राईले ७१५४ मत प्राप्त गर्नु भएको छ । त्यस्तै नेपाली काँग्रेसका केशवराज पाण्डेले ६८१८ मत पाउनु भएको हो । नेकपा एमालेका रामचन्द्र उप्रेतीले ५३८७ र राप्रपाका हेमराज कार्कीले १०४२ मत पाउनु भएको छ । मंगोल नेशनल अर्गनाजेशनका सन्तोस तामाङले ८१० मत…
टवल । रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। प्रचण्डले आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मत ल्याएर विजयी भएका हुन्। अन्तिम मत परिणाम अनुसार प्रचण्डले १० हजार २४० मत ल्याएका छन्। एमालेका लीलामणि गौतमले ३ हजार ८१ मत पाएका छन्। त्यसैगरि कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन् भने रास्वपाका लखन कुमार थापाले ८१९ मत पाएका छन्। रुकुमपूर्वबाट जम्मा १९ हजार १ सय ८८ मत खसेको थियो।
फागुन २२ गते , काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित हुनुभएको छ। पछिल्लो अन्तिम मत परिणामअनुसार पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ। विजयी पाण्डे र घिसिङबीच सात हजार ५८६ मतान्तर रहेको छ। यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले छ हजार मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले तीन हजार ८१६ मत प्राप्त गर्नुभएको छ। निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राम बोहराले ८४१ मत प्राप्त…
काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणना अनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले ९६६ मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ र कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन् ।
२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे । यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।
विराटनगर । मोरङको क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता कायमै राखेका छन् । निर्वाचन कार्यालयले जारी गरेको दोस्रो परिणाम अनुसार श्रम संस्कृति पार्टीका मगरले ५०९ मत प्राप्त गरेका छन् । उनलाई काँग्रेसका सुनिल शर्माले ३२८ मतका साथ पछ्याइरहेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले भने २८३ मत पाएका छन् । यस्तै एमालेले सो क्षेत्रमा ६७ मत पाउँदा नेकपाले १३, राप्रपाले ३, मंगोल नेशनल अर्गनाइजेसनले ७, उज्यालो नेपाल पार्टीले ५ मत प्राप्त गरेको छ । रातेपाटी
२१ फाल्गुन २०८२, बिहीबार, काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । केही जिल्लाहरूमा सामान्य विवाद र प्राविधिक कारणले मतदान प्रक्रिया केही समयका लागि प्रभावित भएपनि हाल सबै स्थानमा मतदान सुचारु भइसकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा थोरै समयका लागि मतदान रोकिएको थियो । तर स्थानीय प्रशासनको सक्रियता र निर्वाचन आयोगको तत्काल सहजीकरणका कारण ती समस्याहरू समाधान भइसकेका छन् । यसैगरी, ओखलढुङ्गा र दाङ लगायतका केही जिल्लाहरूमा मतदाताहरूले स्थानीयस्तरका केही मागहरू राखेको विषय पनि आयोगको जानकारीमा आएको…
२१ फाल्गुन २०८२, बिहीबार, झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन्। झापा जिल्ला क्षेत्र नं. १ की स्थानीय तुलसा कोइरालाले उक्त मतदान केन्द्रमा मतदान गरेकी हुन्। उनी छोरा र नातिको सहयोगमा मतदान केन्द्र पुगेर मतदान गरेकी थिइन्। उच्च उमेर हुँदाहुँदै पनि मतदानमा सहभागी भएकी कोइरालाको उत्साहले अन्य मतदातालाई पनि प्रेरणा दिएको स्थानीयले बताएका छन्।