नयाँ तृष्णा

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु

Advertisement

२१ फाल्गुन २०८२, बिहीबार,

काठमाडौँ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ ।

केही जिल्लाहरूमा सामान्य विवाद र प्राविधिक कारणले मतदान प्रक्रिया केही समयका लागि प्रभावित भएपनि हाल सबै स्थानमा मतदान सुचारु भइसकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा थोरै समयका लागि मतदान रोकिएको थियो । तर स्थानीय प्रशासनको सक्रियता र निर्वाचन आयोगको तत्काल सहजीकरणका कारण ती समस्याहरू समाधान भइसकेका छन् ।

यसैगरी, ओखलढुङ्गा र दाङ लगायतका केही जिल्लाहरूमा मतदाताहरूले स्थानीयस्तरका केही मागहरू राखेको विषय पनि आयोगको जानकारीमा आएको उनले बताए । ती स्थानहरूमा स्थानीय प्रशासनले मतदाताहरूसँग समन्वय र सहजीकरण गरिरहेको र ती विषयहरू छिट्टै समाधान हुने आयोगले जनाएको छ ।

कुनैपनि ठूला अप्रिय घटना नभएको र सानातिना समस्यालाई स्थानीय स्तरमै समाधान गरी मतदान प्रक्रियालाई निरन्तरता दिइएको आयोगको भनाइ छ । समग्रमा देशभरका सबै २३ हजार ११२ मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता भइरहेको हुनाले देशभरको शान्ति सुरक्षा र मतदानको वातावरण निकै आशालाग्दो रहेको आयोगले निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअ...
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइ...
गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्...