नयाँ तृष्णा

काठमाडौं-३ : रास्वपाका राजुनाथ पाण्डे निर्वाचित

Advertisement

फागुन २२ गते ,

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित हुनुभएको छ। पछिल्लो अन्तिम मत परिणामअनुसार पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।

उहाँका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ। विजयी पाण्डे र घिसिङबीच सात हजार ५८६ मतान्तर रहेको छ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले छ हजार मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले तीन हजार ८१६ मत प्राप्त गर्नुभएको छ। निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राम बोहराले ८४१ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार निरज लामाको पक्षमा न्यून मत खसेको छ।

निर्वाचित पाण्डे ५५ वर्षका हुनुहुन्छ। यस क्षेत्रमा सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको थियो। निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा पाण्डे निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र बुझाउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअ...
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइ...
गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्...