मेचीनगर। सिद्धार्थ बैंक काँकरभिट्टा शाखाले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको छ। विद्यालयमा मंगलबार आयोजित एक विशेष समारोहकाबीच कम्प्युटर हस्तान्तरण गरिएको हो। सिद्धार्थ बैंकका कर्मचारी तथा मेचीनगर–३ निवासी राजकुमार थापाको विशेष पहलमा विद्यालयले कम्प्युटर प्राप्त गरेको हो। थापाको यस महत्वपूर्ण योगदानले विद्यालयका विद्यार्थीहरूलाई प्रविधिसँग नजिक आउने अवसर प्रदान गर्ने विश्वास गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सिद्धार्थ बैंकको कोशी प्रदेशीय कार्यालय बिर्तामोडका प्रमुख सुभाष श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, बैंकका काँकरभिट्टा शाखा प्रमुख सुमेश देवकोटा, कर्जा अधिकृत सरोज अधिकारी, सहायक अधिकृत राजकुमार थापा,…
८ आश्विन, काठमाडौं । लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले मृत्यु हुनेमा ५० बालबालिका र ९४ महिला समेत रहेका छन् । इजरायली हवाई हमलाका कारण लेबनानमा अहिलेसम्म १८ सय ३५ जना घाइते भएका छन् । इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा भिषण आक्रमण शुरु गरेको छ । आक्रमणपछि दक्षिणी लेबनानमा हजारौं मानिस विस्थापित भएको मिडिया रिपोर्टमा उल्लेख छ । अहिलेसम्म हवाई हमलामा विस्थापित भएका १६ हजार ५०० जनालाई १५० विद्यालयमा राखिएको बताइएको छ । इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ । इजरायलले…
८ आश्विन , काठमाडौं । नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले राजधधानीमा सम्पन्न भएको छ। प्रतियोगितामा किड्सबाट अनुष्का चौधरी, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिन्सबाट सिमरन थापा मगरले उपाधि जितेका छन् भने किड्सबाट सयोना लामा, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिन्सबाट सिमरन थापा मगर मस्ट पपुलर भएका छन्। प्रतियोगितामा किड्सबाट अन्सुमा थापा मगर, ब्वाइजबाट नयन कारन्जित र टिन्सबाट दिया रानामगरले पब्लिक च्वाइसको टाइटल जितेका छन्। ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रालिद्धारा सम्पन्न प्रतियोगितामा कक्षा तीनदेखि नौसम्मका प्रतियोगी सहभागी थिए। सुमी बानियाँको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम संयोजन नृत्य निर्देशक सन्दीप भुजेलले गरेका थिए।
७ आश्विन, काठमाडौँ । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यहरूबाट टाढा जान आग्रह गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि दक्षिणी लेबनानका सहर र गाउँहरूमा भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको जनाएको छ । लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरले पनि यी आक्रमणमा बालबालिका र महिलासहित ४०० भन्दा बढी व्यक्ति घाइते भएको एक विज्ञप्तिमा जनाएको छ । इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए । हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाह लक्ष्यहरू नजिक नजान आग्रह…
७ आश्विन, झापा । बिर्तामोडको याक्थुम चुम्लुङ भवनमा पहिचानवादीको भेलाले झापा जिल्ला मोर्चा समिति गठन गरेको छ । कार्याक्रमका प्रमुख अतिथि डा. मित्र परियार बिशिष्ठ अतिथि खगेन्द्र माखिम हुनुहुन्थ्यो । डा. मित्र परियारले बिगत लामो समयदेखि पहिचानको आशा राखेर ठूला दल भनाउँदाको पछिलागेर धोका खाएको छ पहिचान चाहनेहरुले पहिचन त खुल्यो तर एकल पहिचान , तर आदिबासी जनजाति पिछडा बर्गले त्यो पहिचान नचाहेको उनीहरु बहुपहिचान चाहेको तेसैले विभिन्न भाषाधर्म जात वर्ण सबै मिलेर पहिचानवादी मोर्चा गठन भएकोछ यसलाई सबै मिलेर आत्मासाथ गर्दै अघिबढ्नु आवश्यक रहेको बताउँनुभयो । आजको पहिचानवादी कार्याक्रमको गंगा शेर्मा राईको अध्यक्षतामा भएके कार्याक्रम सन्चालन अग्निमाया मेचेले गर्नुभएकी…
एजेन्सी, भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको बीभत्स हत्या भएको छ । बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एकजना नेपाली महिलाको हत्यापछि शव ३० टुक्रा पारेको अवस्थामा फ्रिजभित्र भेटिएको छ। हत्या गरिएकी २९ वर्षीय महालक्ष्मी दासको परिवार भने अन्तै बस्दै आएको थियो । शनिबार बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रिजमा महालक्ष्मीको शवका अनेक टुक्रा भेटिएका हुन् । द इकोनोमिक टाइम्सका अनुसार उक्त फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनीले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । शनिबार दिउँसो ती महिलाका घरधनीले परिवारलाई पनि झिकाएका थिए । घरधनीको फोनपछि महालक्ष्मीकी आमा र बहिनी पुगे । उनीहरू पुग्दा महालक्ष्मीको फ्ल्याट अगाडिको ढोका बन्द थियो । ढोका फोडेर पस्दा १६५…
६ आश्विन, झापा । ओमानमा कार्यरत झापाकी एकजना महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा समिता बुढाथोकीको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारुले चलाएको कार दुर्घटना हुँदा झापाकी बुढाथोकीसँगै सारुको पनि मृत्यु भएको हो । एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको दूतावासले जनाएको छ । समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् । कानुनी प्रक्रिया पूरा गरी समिताको शव नेपाल पठाउने प्रक्रियामा रहेको दूतावासले जानकारी दिएको…
६ आश्विन, काठमाडौं । सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हाे। प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएपछि पक्राउका लागि प्रहरी परिचालन गरिएको हो । आइजिपी वसन्तबहादुर कुँवरलाई लेखकले ‘जो जुन अवस्थामा भेटिन्छ त्यहीँ अवस्थामा पक्राउ गर्नु’ भन्ने कडा निर्देशन दिएका थिए । उक्त निर्देशन पाए लगत्तै प्रहरी परिचालन गरिएको हो। सहकारी ठगीमा संलग्न गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व…
६ आश्विन, काठमाडौँ। साइबर अपराध गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइएको छ । आइतबार दिउँसो आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा पेस गरेको हो। न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा अहिले बहस भइरहेको छ। भक्तपुरबाट उनलाई साइबर ब्युरो लगिएको थियो। त्यहाँबाट अस्पताल लगेर उनको मेडिकल जाँच भएपछि प्रहरीले उनलाई जिल्ला अदालत लगेको हो।
५ आश्विन, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपछि नेकपा एमालेको तर्फबाट राष्ट्रपति बनाउन सक्नु पर्ने बताएकी छन् । आज (शनिबार) मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताइन् । उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने बताइन् । आगामी निर्वाचनसम्म एमालले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह समेत गरिन् । उनले भनिन्, ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । वाम आन्दोलनको तर्फबाट पनि हो ।…