Skip to main content

नयाँ तृष्णा

२०८४ मा एमालेबाटै राष्ट्रपति र प्रधानमन्त्री हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

Advertisement

काठमाडौं ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपछि नेकपा एमालेको तर्फबाट राष्ट्रपति बनाउन सक्नु पर्ने बताएकी छन् । आज (शनिबार) मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताइन् ।

उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने बताइन् । आगामी निर्वाचनसम्म एमालले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह समेत गरिन् ।

उनले भनिन्, ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । वाम आन्दोलनको तर्फबाट पनि हो । सबैले प्रमुख अथिति भनेर बोलाउनु पर्ने भएको छ । नेकपा एमालले अर्को राष्ट्रपति नबनाएसम्म म आफै सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो । म बाहेक अन्य नेताहरु पनि एमालेबाट सम्माननीय बन्नु भएको छ । पार्टीका कार्यक्रममा पार्टीका नेताहरु जानुहुन्छ ।

सामाजिक फोरमहरुमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटो-छिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भएँ ।’

उनले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको बताइन् । उनले जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भने जस्तो काम नभएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...