९ पुस, धनगढी। कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । उनका अनुसार धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गर्ने बहानामा विद्यार्थीहरुलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ । उनले लम्की चुहानगरपालिका–१ मा…
बिर्तामोड । प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो । गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसन राखेको थियो…
६ पुस, काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार पाएका छन् । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी भने हात पारे । उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । ललित राजवंशी रोहित पौडेल पनि कारको होडमा भएपनि दीपेन्द्रले बाजी मारे । टिमले उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए । कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ बलिङ र फिल्डिङ जता पनि…
काठमाडौँ। दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भएपनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो ।
५ पुस, बिर्तामोड। चर्च ब्वाइज युनाइटेड प्रथम झापा कपको फाइनलमा पुगेको छ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एक मात्र गोलले चर्चले फाइनल प्रवेशको ढोका खोलेको थियो । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो । टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले…
पाः जोएल राई, यो ऋत’ “ख्रीष्टम;को“ वडा दिन सबैलाई शुभकामना साथै सदा बर्षभन्दा यो बर्ष अझै प्रगति उन्नति÷शान्तिको आशिर्वाद बोल्दछु, कारण हितोपदेश १८ः२१ यसो भन्छ जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेले त्यसका फल खानुपर्छ ! म जीवन शव्दलाई प्रेम गर्छु र सबैमा जीवन सुख,शान्ति,समृद्धि नै बोल्छु । तर बर्तमानमा मानिसहरुको बुद्धिको वृद्धि भएको कारण ह्रदय खुम्चिदै जाने अवस्था बड्दो भएकोले होला ख्रीष्टमसलाई मनाउनु वाइवलीय होईन, क्यारोल वाइवलीय होइन आदि ईत्यादि व्याख्या बिश्लेसणहरुले ख्रीष्ट येशूको जन्मको अस्तित्वलाईनै आक्रमण गरिरहेको छ, जस्को विषयमा स्पष्टीकरण दिने प्रयास त म गर्न चाहान्न तर आफ्नो बुझाइ र मान्यता म पोख्न चाहान्छु ।…
झापा । झापाको मेचीनगरमा हिजो राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ६ का ३४ वर्षीय दिवस प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो राति ९ः२० बजे मेचीनगर ८ मकरेचोकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालक प्रधान घाइते भएका थिए । उनलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति ९ः५० बजे डाक्टरले मृत घोषणा गरेका हुन् । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धरान । आमूल परिवर्तन नागरिक पार्टी धरान उपमहानगर समितिले ख्रीष्टमस, उधौली, चासोक तङ्नाम, यमरी पुन्ही, तमु ल्होसार, र ईस्वी संवत (नयाँ वर्ष) लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धरानका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरिएको पार्टी प्रचार विभाग प्रमुख नरेश क्षितिजले बताए
मेचीनगर । मेचीनगर नगरपालिकामा आजदेखि पाचौँ मेचीनगर स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मेचीनगर—२ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरिन् । मेचीनगर नगरपालिकाको आयोजना जिल्ला खेलकुद विकास समिति झापाको संयोजन र मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर—२ को व्यवस्थापनमा सुरु यो चौधौं झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड छनौट खेलकुद प्रतियोगिता समेत हो । राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन मेचीनगर नगरपालिकाले उल्लेखीय भूमिका खेलेको उपप्रमुख उप्रेतीको बताइन् । नगरभित्रको खेलकुद…
बिर्तामोड । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो । ४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको कर्नर प्रहारलाई…