Skip to main content

नयाँ तृष्णा

यो ऋत’ “ख्रीष्टमसको“ वडा दिन

Advertisement

पाः जोएल राई,

यो ऋत’ “ख्रीष्टम;को“ वडा दिन सबैलाई शुभकामना साथै सदा बर्षभन्दा यो बर्ष अझै प्रगति उन्नति÷शान्तिको आशिर्वाद बोल्दछु, कारण हितोपदेश १८ः२१ यसो भन्छ जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेले त्यसका फल खानुपर्छ ! म जीवन शव्दलाई प्रेम गर्छु र सबैमा जीवन सुख,शान्ति,समृद्धि नै बोल्छु ।
तर बर्तमानमा मानिसहरुको बुद्धिको वृद्धि भएको कारण ह्रदय खुम्चिदै जाने अवस्था बड्दो भएकोले होला ख्रीष्टमसलाई मनाउनु वाइवलीय होईन, क्यारोल वाइवलीय होइन आदि ईत्यादि व्याख्या बिश्लेसणहरुले ख्रीष्ट येशूको जन्मको अस्तित्वलाईनै आक्रमण गरिरहेको छ, जस्को विषयमा स्पष्टीकरण दिने प्रयास त म गर्न चाहान्न तर आफ्नो बुझाइ र मान्यता म पोख्न चाहान्छु ।

येशू जन्मनु भएको मिति वाइवलमा कहि उल्लेखित छैन तर जन्मनु भएको वास्तविकता यो संसारको कुनै ईतिहासले ईन्कार गर्न सक्दैन, हो मिति तोकिएको छैन त्यस्को अर्थ २५ डिसेम्बर ख्रीष्टको जन्मदिन मनाउँदा पाप वा अप्राध पनि छैन र यो मिति ऐतिहासिक कालमा जस्ले जहाँबाट शुरुवात गरिएता पनि आज बिश्वकै क्यालेन्डरमा ख्रीष्टमस डे को बिदाको लिष्टमा पर्दैगर्दा कस्लाई नोक्सान भएको होला र !, वर्तमानमा केही समूहले ख्रिष्टमस मान्नस वाइवलीय हैन भन्दैमा त्यो कुराालाई सहमत जनाउने समूहलाई मुर्खता बाहेक केही संज्ञा दिन सकिदैन, १रोमी १४ः६ जुन ब्यक्तिले कुनै दिनलाई विशेष रुपले पालन गर्छ–गर्छ, त्यसले प्रभूको आदरको निम्ति पालन गर्छ ! यो शव्दलाई मात्र ह्रदयसाथ गर्ने गरौ २५ डिसेम्बर संसारको मुक्तिदाता जन्मनु भएको हो भनी वाइवलमा मिति छैन तर उहाँलाई आदर गरिने हेतु तयार भएको दिन उहाँलाई प्रशसाा,महिमा, आदर गरौ चाहे मिलेर रमाएर, नाचेर, गाएर, खाएर, खुवाएर !,

हिजो यहुदिहरुले ४३० बर्षको दासवत्वपछि निस्तारपछि छुटकारा पाएको समयलाई पुरानो इतिहासमा इस्राएलीहरुले सम्झनाको चाड मनाउदै आए भने प्रस्थान १२ः१४ मा र नयाँ इतिहासमा येशू पापको प्रायश्चितको थुमा उद्धारकर्ता, मुक्तिदाताको जन्मदिन मनाउँदा किन विरोध ! त्यसले खुला हृदयले यो ख्रीष्टमसको वडा दिन मनाउनुहोस्, छिमेकी इष्टमित्रहरुसंग शुभकामना आदानप्रदान गर्नुहोस् ।

ख्रिष्टमसको अवसरमा सांगीतिक सुसमाचारहरु भईरहेको छ जो अति असल हो,जुन बेला देशले कानूनले पनि छुट दिएकै छ, के यो काम असल छैन र ? तितस ३ः१४ हाम्रा मानिसहरु असल काममा कायम रहन सकून, ताकि जरुरी खाचो परिआएको परिआएको खण्डमा तिनीहरुले मदत दिन ;कून र तिनीहरु निष्फल नहोऊन् । कति मण्डलीले प्रेमभोजमा छिमेकिलाई निम्ताएर प्रेम भोज खुवाउछन सबैभन्दा उत्तम कुरा ख्रीष्ट येशरुको प्रेमको कुरा सुनाउछन त्यसले यो उत्तम कुरा गर्न नछोडौ चाहे जसले जे सुकै भनो; !

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...