४ कार्तिक, काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्याइएको थियो ।
४ कार्तिक , झापा । कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने २६ जना घाइते भएका छन्। कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ। घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ। दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो। उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो।
३ कार्तिक, मेचीनगर,। आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा आज रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई ५–२ गोल अन्तरले हराउँदै शानदार जित निकाल्यो । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको नवौँ मिनेटमा रोलिङका उत्सव राईले गोल गर्दै अग्रता दिलाए । त्यस्तै, खेलको २५ औँ मिनेटमा रोलिङका आशिष चापागाईंले दोस्रो गोल गरेका थिए । खेलको ४० औँ मिनेटमा रोलिङका कप्तान निरज कार्कीले अर्को एक गोल गरे । खेलको ५८ औँ मिनेटमा उत्सव राईले व्यक्तिगत दुई तथा टिमका लागि चौथो गोल…
२ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले पार्टी कार्यालयबाट पक्राउ गरेको हो । पक्राउ अघि रास्वपा कार्यालय अगाडी उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दाबि गरेका छन् । उनले राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफुलाई पक्राउ गरेको बताउदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका थिए । उनले आफुले न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए । छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका…
२ आश्विन, काठमाडौं । नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ। टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको हो । अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७-२७ रनको योगदान गरे। त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए। अमेरिकाका लागि सौरभ नेत्राभल्कर, जसदीप सिंह र हर्मित सिंहले २-२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए।…
१ कार्तिक , काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। वारेन्ट जारी गरिएकाम पूर्व सत्तारुढ दल अवामी लिगका धेरै शीर्ष नेताहरु रहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनीहरुमाथि हालैको विद्यार्थी आन्दोलनका क्रममा मानवता विरुद्धको कथित अपराधको आरोप छ । न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेको न्यायाधिकरणले अभियुक्तलाई पक्राउ गर्न अभियोजन पक्षले दायर गरेको दुई निवेदनमा यस्तो आदेश दिएको हो । न्यायाधिकरणले शेख हसिनासहित ४६ जनालाई नोभेम्बर १८ सम्ममा पक्राउ गरी पेश गर्न अधिकारीहरूलाई आदेश दिएको छ। बंगलादेशमा विद्यार्थी आन्दोलनमा चरम हिंसा भएको थियो । यस हिंसाका क्रममा…
३० आश्विन, काठमाडौं । नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्याङ्कर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ ।दुर्घटनापछि ट्याङ्करबाट लिक भएको तेल लुट्न आएका मानिसको भीडमा यो घटना भएको हो । यो घटना उत्तरी राज्य जिगावाको माजिया सहरमा भएको हो । तेलले भरिएको एउटा ट्याङ्कर पल्टिएर आगो लागेको र कम्तीमा १०५ जनाको मृत्यु भएको प्रहरीले बीबीसीलाई बताएको छ । विस्फोटमा अन्य ५० जना घाइते भएका छन्, जसलाई जिगावा राज्यको रिङ्गिम सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । घटना मंगलबार राति भएको हुनाले, पुलिस अधिकारीहरूले मानिसहरूलाई ट्याङ्कर नजिक नजान चेतावनी दिएका थिए तर…
२८ असोज, मेचीनगर । काँकरभिट्टाको कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा महान आज्ञा कार्यशाला गोष्टि सम्पन्न भएको छ । सोमबार अनाथ, असाहाय बाल–बालिका,एकल महिला र गरीव बालबालिकाहरुको सेवा गर्ने उद्देय र यस कार्यशालाको मुख्य थिम नै “आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर” भन्ने रहेकाले सबैले यस अर्गनाइजेसनको भिजनलाई साथ दिनुपर्ने संस्थाका निर्देशक रेभ.सिमसन तामाङ्गले बताउनु भयो । ग्लोवल अर्फन रिलिफ अर्गनाइजेसनको आयोजनामा भएको गोष्ठिमा अनाथ, असाहाय, असक्त बाल–बालिकाहरुमाभफ सेवा गर्ने उद्देश्यले नेपालमा स्थापना भएको निर्देशक तामाङ्गको भनाइ छ । कार्यक्रममा बाल–बालिका सम्बन्धि नेपालका कानूनी परामर्शदाता, बाल–मनोबैज्ञानिक तथा सामाजिक ब्यक्तित्वहरुबाट प्रशिक्षण लिएका थिए । संस्थाका निर्देशक तामाङ्गले दर्शन त्यसको कामबारे प्रस्ट्याएका थिए…
बुधबारे, २७ असाेज । राजन बस्नेत काे अध्यक्षतामा नव कार्य समिति गठन गरि बुद्वशान्ति ख्रीष्टियन समाजकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न भएकाे छ। सभाले मेथाेडिष्ट चर्चका पाष्टर राजन बस्नेतकाे अध्यक्षतामा सर्बसम्मत प्रकृयाबाट नव समिती गठन गरेकाे छ । गठित समितिकाे उपाध्यक्ष,सचिब,सह सचिव र काेषाध्यक्षमा क्रमस पा तेज बहादुर भण्डारी ,पा प्रेम बहादुर लिम्बू ,ए गगन प्रधान र पा राम राई चुनिएका छन । यस्तै सदस्यमा पा अमृत शिवा, ए गुमान सि जवेगु,चन्द कला लिम्बू, नमिता बर्देवा,कमल मग्राति ,मनिष राई ,अर्पणा तामङ्ग र अमित मगर चयन भएका छन् । अन्तराष्ट्रिय पाष्टर दिवसकाे अवस पारि आयाेजित सभामा सिलिगुडि स्थित हिमालय फ्रि चर्चका…