Skip to main content

नयाँ तृष्णा

रोलिङ च्यालेन्जकपमा आयोजकको शानदार सुरुवात

[adsforwp id="2511"]

३ कार्तिक,

मेचीनगर,। आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आज रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई ५–२ गोल अन्तरले हराउँदै शानदार जित निकाल्यो ।

जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको नवौँ मिनेटमा रोलिङका उत्सव राईले गोल गर्दै अग्रता दिलाए ।
त्यस्तै, खेलको २५ औँ मिनेटमा रोलिङका आशिष चापागाईंले दोस्रो गोल गरेका थिए । खेलको ४० औँ मिनेटमा रोलिङका कप्तान निरज कार्कीले अर्को एक गोल गरे ।

खेलको ५८ औँ मिनेटमा उत्सव राईले व्यक्तिगत दुई तथा टिमका लागि चौथो गोल गरे । खेलको इन्ज्युरी समयमा रोहण कार्कीले गोल गर्दै फराकिलो जित निश्चित गराए ।

एपिएफका लागि खेलको ३३ औँ मिनेटमा समिर दर्जी कार्की र खेलको इन्ज्युरी समयमा कुमार राईले गोल फर्काए ।
खेलको प्लेयर अफ द म्याच रोलिङका दुई गोलकर्ता उत्सव राई भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई मेचीनगर १० का वडा अध्यक्ष नारायण पोखरेल, खेलप्रेमी तुमन रोय र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले नगद तथा ट्रफी प्रदान गरे ।
क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शुभकामना व्यक्त गर्दै आगामी संस्करणमा पालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अध्यक्ष नेम्वाङले स्वागत गर्दै औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव महेश खड्काले गरेका थिए ।

भोलि हुने दोस्रो क्वार्टर फाइनल खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसी र राष्ट्रिय जागृति क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ ।

धुलाबारी माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुने क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...