९ कार्तिक, मेचीनगर । मेचीनगर ४ गोलेगाँउ टोल बिकास समिती आराधना चोक स्थित पूर्व दिशातर्फ राइसिङ पुल जाने सबिक बाटो झाडी जङ्गलले छोपी साना–तिना यतायातलाई समेत आवत–जावत गर्ने क्रममा गाह्रो अप्ठेयारो परेकाले गाउँका व्यक्तिहरुद्धारा श्रमदान गरेकाछन् । स्थानीय सरकार अर्थात सम्बन्धित निकाय वडा कार्यलयबाट बाटोले छोएको झाडी,रुख–बिरुवाहरु काटन हटाउने क्रम बिगत धेरै समयदिनदेखि निष्क्रिय रहेको देखिएको छ । उक्त बाटोका जङ्गल र झाडिलेगर्दा गाडी, बाइक कुदाउँदा हाँगाहरुले लाग्ने गर्दा कठिनाई ब्यहर्नु परेकोले आफै यसरी फाँडने काट्ने गरेको हो । वडाबाट खटिएकाहरुको बाटो हेर्दा झनै जङ्गल हुने श्रमदानकर्ताहरु बताउँछन् । यो गोलेगाँउ टोल बिकास समिति अन्तर्गत गाउँ वासीहरु सडक पोल बत्ती…
७ कात्तिक, काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ । पीडित महिला गर्भवती समेत रहेकी छन् । वैदेशिक रोजगारीमा पठाइदिने भनेर लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले यसमा संलग्न एक महिलालाई पनि नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार, लेनदेनको विषय जोडिएपछि दुवैलाई ल्याएर सोधपुछ गरिनेछ । त्यसपछि यसमा कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्ने निर्क्यौल हुने प्रहरीले बताएको छ…
२५ आश्विन, काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैंका अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाए । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खा थारूलाई नगद पुरस्कार प्रदान गरे । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए ।…
१९ आश्विन, काठमाडौँ । अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरेको जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ‘आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ हवाई जहाज र युद्धपोतबाट आक्रमण गरेको जनाएको छ । राजधानी साना लगायत यमनको मुख्य सहरमा धेरै विस्फोटको आवाज सुनिएको छ । नोभेम्बरदेखि, हुथी विद्रोहीहरूले रेड सागरमा झण्डै १०० जहाजमा आक्रमण गरी दुईवटा जहाज डुबेका छन् । विद्रोही समूहले गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा आक्रमण गरेको बताएको छ । मध्यपूर्वमा अमेरिकी सैन्य कारबाहीको अनुगमन गर्ने सेन्ट्रल कमाण्डले हतियार प्रणाली, उनीहरुको अड्डा र हुथीसँग सम्बन्धित अन्य लक्ष्यहरूलाई निशाना बनाइएको बताएको छ । हुथी…
१७ आश्विन , झापा । चीनको फुजाऊ पुजियानमा रहेको चाङ्ले जिल्लाको चेङ्गुआन चर्चले नयाँ एक अत्याधुनीक सुन्दर चर्च भवनको उद्घाटन तथा समर्पण गरेको छ । करिब एक सय वर्ष पुरानो मानिने चर्चको नयाँ भवनको उद्घाटन गरिएको छ । चर्चको उद्घाटन समारोहमा चाङ्ले क्रिस्चियन काउन्सिलका अध्यक्ष र चेङ्गुआन चर्चका पास्टर इन्चार्ज पास्टर लिउ लिजेनले सञ्चालन गर्नुभएको बताइएको छ । चर्च उद्घाटन समारोहमा जब घण्टी बज्यो र मण्डली “होली, होली, होली” गाउन थाले । संगीत झुण्डले परमेश्वरको आराधना गरेर ५० भन्दा बढी पास्टरहरु उद्घाटन समारोहमा भित्र पसेको कुरा उल्लेख गरिएको छ । चीनमा लामो समयदेखि पास्टरीय सेवाकाई गरीरहेका पास्टरहरुले परमेश्वरको बचनबाट उद्घाटनमा प्रचार…
१२ आश्विन, झापा । आमूल परिवर्तन नागरिक पार्टीकि केन्द्रीय उपाध्यक्ष तथा महिला नेतृ शुशिला बेघा (सबिना) को असामयिक निधन भएको छ । उहाँलाई पाटन अस्पतालमा करिब ३ बजे लगिए पनि उनको शुक्रबार राति अन्दाजी २ बजे घटना स्थलमा नै मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ। केही दिन यता लगातार भारी वर्षाका कारण बाढी पहिरो र प्राकृति प्रकोपमा धेरै जना मारमा परेको अवस्था छ, उहाँ यसैको चपेटमा पर्नु भएको हो । काठमाडौं भैंसेपाटीमा बस्दै आउनुभएको बेघा गय राति सामान र छोराछोरी सुरक्षित स्थान तर्फ लैजाने क्रममा उनी पहिरो सँगै रुखले किचेर उनको मृत्युु भएको पारिवारिक स्रोतले जनाएको छ । विक्रम संवत…
१२ असोज, विराटनगर । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।
११ आश्विन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको वर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन तथा आफ्नो पार्टीका कार्यकर्तालाई सतर्क रहँदै जनसेवामा जुट्न आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले लगातारको भारी वर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको भन्दै पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरेका छन् । उनले भनेका छन्- राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दु:खमा हातेमालो गर्न हार्दिक अपिल गर्दै…
मेचीनगर। सिद्धार्थ बैंक काँकरभिट्टा शाखाले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको छ। विद्यालयमा मंगलबार आयोजित एक विशेष समारोहकाबीच कम्प्युटर हस्तान्तरण गरिएको हो। सिद्धार्थ बैंकका कर्मचारी तथा मेचीनगर–३ निवासी राजकुमार थापाको विशेष पहलमा विद्यालयले कम्प्युटर प्राप्त गरेको हो। थापाको यस महत्वपूर्ण योगदानले विद्यालयका विद्यार्थीहरूलाई प्रविधिसँग नजिक आउने अवसर प्रदान गर्ने विश्वास गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सिद्धार्थ बैंकको कोशी प्रदेशीय कार्यालय बिर्तामोडका प्रमुख सुभाष श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, बैंकका काँकरभिट्टा शाखा प्रमुख सुमेश देवकोटा, कर्जा अधिकृत सरोज अधिकारी, सहायक अधिकृत राजकुमार थापा,…