नयाँ तृष्णा

Breaking News 2

चन्द्रागिरि केबलकारमा यात्रु अड्किए

चन्द्रागिरि केबलकारमा यात्रु अड्किए

साउन २, काठमाडौँ। चन्द्रागिरि केबलकारको विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका छन् । साढे एक बजेतिरबाट विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन्। अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको छ।
Read More
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

असार ३०, एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। राष्ट्रपति पदका उमेदवार समेत रहेका ट्रम्पमाथि एक चुनावी र्‍यालीका क्रममा शनिबार साँझ गोली चलेको हो। गोली लागेर ट्रम्प सामान्य घाइते भएका छन् । बीबीसीका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए।  उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन्। ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ। उनको कान र अनुहारमा रगत बगेको देखिएको छ। घटनास्थलमा एक जनाको शव भेटिएको जनाइएको छ। सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारेमा थप जानकारी आइसकेको छैन। यद्यपि, अनुसन्धान…
Read More
आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ।  विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।

आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ। विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।

असार २९, काठमाडौं । आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ। विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।
Read More
राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान, आइतबार साँझ ५ बजेसम्मको समय

राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान, आइतबार साँझ ५ बजेसम्मको समय

काठमाडौँ  । नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्। संविधानको धारा ७६(२) अनुसार प्रतिनिधि सभाको बहुमत पुग्न सक्ने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिबाट आह्वान भएको शीतलनिवासबाट जारी सूचनामा उल्लेख छ। धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ। हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि १८ महिनाअघि धारा ७६ (२) अनुसार नै नियुक्त भएका हुन्। उनलाई त्यतिखेर नेकपा एमाले लगायत दलले समर्थन गरेका थिए। कतिपयले धारा ७६(२) को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके स्वतः…
Read More
प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।  शुक्रबार शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् । ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।
Read More
जातजातिलाई भड्काएर संसद्को रोटी सेक्ने काम बन्द गर्नुस् : शाही

जातजातिलाई भड्काएर संसद्को रोटी सेक्ने काम बन्द गर्नुस् : शाही

असार २८, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जातजातिलाई भड्काएर संसदमा रोटी सेक्ने काम बन्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले राजनीतिको मैदान खुला रहेको बताउँदै धम्की र हिंसात्मक गतिविधिबाट मात्रै राजनीति हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । आफू एउटा अभियन्ताले जितेको, टेलिभिजनमा कार्यक्रम चलाउने मान्छे गृहमन्त्री भइसकेको बताउँदै देशमा आपसी सदभाव  भड्काएर आगो बाल्ने काम बन्द गर्न आग्रह गरे । देशमा माओवादीले समावेशी र समानुपातिक प्रणाली विकासको गरेको प्रधानमन्त्रीको भनाइप्रति कटाक्ष गर्दै शाहीले आफ्नो मन्त्रिपरिषद्को फाइल पल्टाएर हेर्न आग्रह गरे ।
Read More
राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ- रमेश लेखक

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ- रमेश लेखक

असार २८, काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा आएको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले प्रधानमन्त्रीले तिन तिन महिनामा विश्वासको मत लिने अवस्था रोक्न नयाँ सहमति गरिएको स्पष्ट गरेका हुन् । उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको भन्दै सुशासन कायम गर्न नसकेको बताउँदै नयाँ सरकारले सुशासन दिने काम गर्न नयाँ सहमति गरिएको बताए । लेखकले संबिधान प्रारम्भ भएको आठ बर्षभन्दा बढी समय भएको बताउँदै संबिधान प्रारम्भ भए पश्चात यसका राम्रा र नराम्रा पक्ष हेरेर नराम्रा विषयलाई सुधार गर्ने भनेको…
Read More
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

असार २७, काठमाडौं ।  ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ। बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको छ। नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ। बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो। ग्लोबल आइएमई बैंक निक्षेपका साथसाथै धेरै सूचकहरुमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको छ। वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा…
Read More
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

असार २७ , विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताएका हुन् । उनले भने, ‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ।’ महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताबीच भएको सात बुँदे समझदारी पालना गरिने बताए । पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो । महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन…
Read More
निष्कासित महामन्त्री ढकालले रास्वपा उपाध्यक्ष अर्यालमाथि लगाए आर्थिक अनियमितताको आरोप

निष्कासित महामन्त्री ढकालले रास्वपा उपाध्यक्ष अर्यालमाथि लगाए आर्थिक अनियमितताको आरोप

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीलगायतका सबै जिम्मेवारीबाट निष्कासनमा परेका मुकुल ढकालले पार्टीका उपाध्यक्ष डिपी अर्यालमाथि आर्थिक अनियमितताको आरोप लगाएका छन्। आज पत्रकार सम्मेलन गर्दै ढकालले यस्तो आरोप लगाएका हुन्। रास्वपाभित्र आर्थिक पारदर्शिता नरहेको उनले आरोप लगाए । ‘डिपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिई सीधै आफ्नो खल्तीमा राख्नुभएको छ। दुई साताअघि पनि त्यस्तो भएको छ,’ ढकालको आरोप छ, ‘कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधानबारे मैले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गरिरहनुभयो।’
Read More