Skip to main content

नयाँ तृष्णा

सूचना प्रबिधि

झापा काउन्सेलरद्धारा ‘इन्टरनेट सेफ्टी’ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

झापा काउन्सेलरद्धारा ‘इन्टरनेट सेफ्टी’ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

तरुण राई, ७ मंसिर, काँकरभिट्टा । एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा इन्टरनेट सेफ्टी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एक्का नेपाल झापाका काउन्सेलरको आयोजना र एमिटी पब्लिक स्कूल काँकरभिट्टामा रहेको एमिटी प्रकृति क्लबको सहयोगमा भएको सो अभिमुखिकरण कार्यक्रम मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा अवस्थित सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो। अभिमुखिकरण कार्यक्रममा काउन्सेलर विष्णु प्रसाई, प्रियंका दनुवार लगायत एमिटी प्रकृति क्लबबाट प्रतिनिधित्व गरेका विद्यार्थीहरुद्धारा आजको समयमा इन्टरनेटको महत्व र आवश्यकता, बालबालिकाहरुले इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित हुने साथै इन्टरनेट दुरप्रयोग भइहालेमा यसको हानि र जोखिमहरुबाट कसरी जोगिने र इन्टरनेट प्रयोग गर्दा आफु असुरक्षित भएमा यसले निम्त्याउन सक्ने मानसिक र…
Read More
चुच्चे नक्सा अंकित १००  दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन…
Read More
खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प

खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प

२९ आश्विन, खोटाङ । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
Read More
धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

४ आश्विन, काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । ३.८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।
Read More
पृथ्वीले १० मिटरको नयाँ चन्द्रमा पायो, २ महिना पृथ्वीको परिक्रमा गरेर सूर्यतिर फर्किने

पृथ्वीले १० मिटरको नयाँ चन्द्रमा पायो, २ महिना पृथ्वीको परिक्रमा गरेर सूर्यतिर फर्किने

४ आश्विन , काठमाडौं । पृथ्वीले सानो चन्द्रमा पाएको छ । यो करिब साढे दुई महिना पृथ्वीको वरिपरि घुम्नेछ । यो समयले यसको गुरुत्वाकर्षण शक्तिलाई राम्रोसँग बुझ्न मद्दत गर्नेछ। यो चन्द्रमा वास्तवमा एउटा क्षुद्रग्रह हो, जसको नाम २०२४ पीटी ५ हो। यो ७ अगस्टमा पत्ता लागेको थियो । यसको व्यास लगभग १० मिटर छ। यो क्षुद्रग्रह सेप्टेम्बर ९ देखि पृथ्वीको कक्षमा परिक्रमा गरिरहेको छ र आगामी ७७ दिन अर्थात नोभेम्बर २५ सम्म यो क्रम जारी रहनेछ । वास्तवमा, यो क्षुद्रग्रह चन्द्रमा जस्तै पृथ्वीको वरिपरि घुमिरहेको छ, त्यसैले यसलाई मिनी मुन नाम दिइएको छ। यसको गति निकै कम भएकाले यो क्षुद्रग्रहले…
Read More
टिकटकले सरकारको सर्त पालना गर्ने प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

टिकटकले सरकारको सर्त पालना गर्ने प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

४ भाद्र,  काठमाडौं ।  सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी सुरु भएको सञ्चार मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ । चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ । (more…)
Read More
सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्छ : बस्नेत

सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्छ : बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सबै युट्युबर पत्रकार नभएको बताएका छन् । ‘सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युबर हुन सक्छन्,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । नेपाली मिडिया जगत्को नियामक निकाय रहेको काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आएका छन् । समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुससरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् । ‘युट्युब र अन्य सामाजिक सञ्जालमा राम्रासहित अनेकन् खालका नकारात्मक सामग्री पोखिएका छन् । त्यसलाई चामल र भुसजत्तिकै छानेर सञ्चारमाध्यमका रूपमा आएका युट्युब र अन्य युट्युब भनी छुट्याउन र चिन्नुपर्छ,’ उनले…
Read More
सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै कारोबार गर्न  विज्ञापन बोर्डको आग्रह

सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै कारोबार गर्न विज्ञापन बोर्डको आग्रह

साउन ४, काठमाडौं । विज्ञापन बोर्डले सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै विज्ञापनको कारोबार गर्न सरोकारवालालाई सूचित गरेको छ । बोर्डमा सूचीकृत नभएका संस्थाहरूसँगको कारोबार नियमसंगत नहुने उसले जनाएको छ । बोर्डले बिहीबार चारबुँदे सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३, विज्ञापन (नियमन गर्ने) ऐन र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ अनुसार मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न सरोकारवालालाई आग्रह गरेको छ । पहिलो बुँदामा बोर्डमा सूचीकृत सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको छ भने दोस्रो बुँदामा सूचीकृत एजेन्सीहरूसँग मात्रै कारोबार गर्ने–गराउने भनिएको छ । ‘सञ्चारमाध्यममा सोझै विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भए त्यस्तो सञ्चारमाध्यमले जारी गरेको बिलबमोजिम तथा विज्ञापन एजेन्सीमार्फत विज्ञापन…
Read More
मेचीनगरको सार्वजनिक सुनुवाई असार २७ गते हुने

मेचीनगरको सार्वजनिक सुनुवाई असार २७ गते हुने

मेचीनगर, असार २३ । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई असार २७ गते हुने भएको छ । नगरपालिका कार्यालयले एक सूचना जारी गरी सार्वजनिक सुनुवाई असार २७ गते गर्ने जानकारी दिएको हो । प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गरी जारी गरिएको असार २७ गते दिउँसो १ बजे नगरपालिकाकै सभाहलमा सार्वजनिक सुनुवाई हुने उल्लेख गरिएको छ । सार्वजनिक सुनुवाईमा उपस्थीत हुन सबै नगरबासीहरुमा अनुरोध समेत गरिएको छ । यसअघि असार २० गते सार्वजनिक सुनुवाई गर्ने भनिए पनि पर्याप्त सूचना नभएको भन्दै सोही दिन बिहान नगरपालिकाले कार्यक्रम स्थगित गरेको थियो ।
Read More
जापानले गर्‍यो एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

जापानले गर्‍यो एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

एजेन्सी, टोकियो  । जापानले एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिण–पश्चिमी जापानी टापुमा रहेको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट सोमबार प्रक्षेपण गरिएको थियो । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अध्यक्ष हिरोसी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहत् कदम’ भएको बताए । ‘मलाई विश्वास छ, लगातार भएका दुई सफल उडानहरूले देशभित्र र बाहिरबाट विश्वास प्राप्त गर्नेछ,’ जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रूपमा सफल भएको बताए । फेब्रुअरी १७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो । जाक्साको आश्चर्यजनक असफल पहिलो रकेट यात्रालाई एक वर्ष पहिले रकेटको…
Read More