Skip to main content

नयाँ तृष्णा

झापा काउन्सेलरद्धारा ‘इन्टरनेट सेफ्टी’ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

[adsforwp id="2511"]

तरुण राई,

७ मंसिर,

काँकरभिट्टा । एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा इन्टरनेट सेफ्टी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एक्का नेपाल झापाका काउन्सेलरको आयोजना र एमिटी पब्लिक स्कूल काँकरभिट्टामा रहेको एमिटी प्रकृति क्लबको सहयोगमा भएको सो अभिमुखिकरण कार्यक्रम मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा अवस्थित सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।

अभिमुखिकरण कार्यक्रममा काउन्सेलर विष्णु प्रसाई, प्रियंका दनुवार लगायत एमिटी प्रकृति क्लबबाट प्रतिनिधित्व गरेका विद्यार्थीहरुद्धारा आजको समयमा इन्टरनेटको महत्व र आवश्यकता, बालबालिकाहरुले इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित हुने साथै इन्टरनेट दुरप्रयोग भइहालेमा यसको हानि र जोखिमहरुबाट कसरी जोगिने र इन्टरनेट प्रयोग गर्दा आफु असुरक्षित भएमा यसले निम्त्याउन सक्ने मानसिक र स्वास्थ्यलाईमा पर्ने नराम्रो असरलाई कसरी समाधान गर्ने भन्ने बारेमा जानकारी दिनुभयो।

सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयका प्रधान अध्यापक सिबु मैनालीले एक्का नेपालका काउन्सेलरहरुलाई धन्यवाद दिनुको साथै यस प्रकारका अभिमुखिकरण कार्यक्रम नौलो भएको र हामीले हाम्रो बाल बालिकाहरुमा कसरी इन्टरनेटको हानि र जोखिमहरुबाट कसरी जोगिने भन्ने बारेमा आफ्नो भनाई राख्नु भयो।

सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयका कक्षा ८ र ९ का ५० जान विद्यार्थी माझ भएको सो अभिमुखिकरण कार्यक्रमको सञ्चालन काउन्सेलर चाँदनी अन्सारीले गर्नुभएको थियो भने काउन्सेलर विशिका श्रेष्ठ र काउन्सेलर सलिन सुब्बाले एक्का नेपाल र झापाका काउन्सेलरका बारेमा जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक ...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...