Skip to main content

नयाँ तृष्णा

शिक्षा

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका विष्णुपादुकाका राई

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका विष्णुपादुकाका राई

रासस, असार १८ , धरान। शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाए । शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताए । ‘आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु…
Read More
एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

असार १८, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् । पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि…
Read More
एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन मिल्ने

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन मिल्ने

असार १३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिए । ‘हामीले अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था यसपटकदेखि गरेका छौं । यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरु लाइन लाग्नुपर्ने अवस्था हटाएका छौं’, उनले भने । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने शर्माले जानकारी दिए । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ…
Read More
कुशिकाले प्राप्त गरिन् झापामा एकमात्र ४ जिपीए

कुशिकाले प्राप्त गरिन् झापामा एकमात्र ४ जिपीए

असार १३, मेचीनगर । एसईई परीक्षा २०८० मा झापा दमककी कुशिका बस्नेतले ४ जिपीए प्राप्त गरेकी छिन् ।दमक नगरपालिकास्थित सिद्धार्थ बोर्डिङ स्कूलकी छात्रा बस्नेतले ४ जिपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापा परीक्षा शाखाका कर्मचारी ओमप्रकाश राईले बताए । राईका अनुसार नतिजा सम्बन्धि हालसम्म प्राप्त जानकारीमा बस्नेत झापाबाट ४ जिपीए प्राप्त गर्ने एकमात्र परिक्षार्थी रहेकी छिन् । झापामा एसईई परीक्षाका सहभागी मध्ये ७४७ जनाले ३.६ माथि जिपीए प्राप्त गरेका छन् । झापाबाट एसईई परीक्षामा सहभागी मध्ये ४७.३८ प्रतिशतले मात्र कक्षा ११ मा अध्ययन गर्न पाउने छन् । करिब ५३ प्रतिशतले पुनः परीक्षा दिनुपर्ने छ ।
Read More
एसईईको मौका परीक्षा साउन १८ र १९ गते

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

असार १३ , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । योसँगै मौका परीक्षाको मिति पनि तय गरिएको छ। २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ। बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख…
Read More
एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत ‘नन ग्रेडेड’

एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत ‘नन ग्रेडेड’

असार १३, झापा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार सार्वजनिक गरेको हो।  नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन्
Read More
एसईईकाे नतिजा बिहीबार बिहान १० बजे प्रकाशन हुने

एसईईकाे नतिजा बिहीबार बिहान १० बजे प्रकाशन हुने

असार १२, झापा, १२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा विहीबार विहान १० बजेसम्ममा सार्वजनिक हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने भनी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौँ । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो’, पौडेलले भने, ‘भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।’ गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको एसईई परीक्षामा…
Read More
एसईईको नतिजा आज ४ बजे सार्वजनिक हुने

एसईईको नतिजा आज ४ बजे सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बुधबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने भएको छ। एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याए एनजी उल्लेख गरिने भएको छ। आन्तरिक (प्रयोगात्मक) तर्फ न्यूनतम ४० प्रतिशत अंक ल्याउनैपर्ने छ ।उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न नपाउने बाेर्डले जनाएकाे छ । बढीमा दुई विषयसम्म…
Read More
शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

असार ४,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनको कार्यविवरण सार्वजनिक गर्दै शिक्षकलाई राजनीतिक दलको आबद्धता छाड्न लगाउनुलाई उपलब्धि बताएकी छन् । मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनको गर्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेयता ८ सय २५ जना शिक्षकहरूले राजनीतिक दलसँगको आबद्धता त्याग गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा राजनीतिकरण आफ्नै कार्यकालमा अन्त्य गर्ने दाबी गरिन् । शिक्षक सरुवाको मापदण्ड बनिसकेको उल्लेख गर्दै उनले त्यसका लागि निवमावलीका काम गरिरहेको बताइन् । उनले भनिन्, ‘विशेष परिस्थितिका शिक्षकहरुको सरुवाका लागि २०८० सालमा एउटा निर्देशिका बनेको थियो ।  शिक्षक वास्तविक सरुवा कसरी गर्ने भनेर मापदण्ड बनाउने भनिएको थियो ।…
Read More
दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

असार ४, काठमाडौं । झापाको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय चिकित्सा शिक्षा आयोगले गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले अदालतको परमादेश अनुसार नै बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो । बीएन्डसीका विषयमा अदालतले परमादेश नै दिइसकेकाले सोही अनुसार निर्णय गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले अनलाइखबरलाई जानकारी दिए । ‘सम्मानित अदालतबाट नै परमादेश आइसकेकाले उक्त निर्णय सम्मान गर्दै अगाडि बढ्नुपर्ने तर्क प्रधानमन्त्रीले राख्नुभयो,‘ प्रधानमन्त्रीको भनाई उद्दृत गर्दै ती सदस्यले भने, ‘अब यो विषयलाई सर्वोच्चकै निर्णय अनुसार नै अगाडि बढाऔं।’ प्रधानमन्त्रीले बिएन्डसीलाई सम्बन्धन दिनुपर्ने तर्क राखेपछि…
Read More