१३ आश्विन २०८२, सोमबार, धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिइएको निवोदनमा संयोजककोरुपमा साम्पाङलाई राखिएको छ भने चुनाव चिह्न माटो रहेको उल्लेख छ । धरानमा २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयरमा निवार्चित साम्पाङले पार्टी खोल्ने घोषणा गत बर्ष नै गरिसकेका थिए । केही महिनादेखि पार्टी दर्ताको कसरत भइरहेपनि प्रस्तावित नाम र चुनाव चिह्न भने गोप्य नै राखिएको थियो । आइतबार निर्वाचन आयोगबाट पार्टी दर्ताको निवेदन आएको सुचना बाहिरिएपछि मेयर साम्पाङले पनि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै स्वीकार गरेका छन् । उनले पार्टीको नाम श्रम…
९ आश्विन २०८२, बिहीबार, झापाको बिर्तामोडमा नागरिक बचाउ अभियन्ता दुर्गा प्रसाईँको प्रमुख आतिथ्यतामा बडा दशैँ, शुभदिपावलि र छैट पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईँले आगामी दिनमा नेपाली समाज, राजनीति र अर्थतन्त्रमा देखिएका चुनौतीबारे विस्तृत धारणा राख्दै जनताले सही नेतृत्व र विकल्प रोज्नुपर्नेमा जोड दिए। उनले हालको राजनीतिक अवस्थालाई जनताप्रति गैरजिम्मेवार र सत्ता–स्वार्थमा मात्र केन्द्रित भएको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, “देशमा सुशासन, इमान्दार नेतृत्व र राष्ट्रप्रतिको जिम्मेवारी नलिएसम्म जनता अझै पीडित भइरहनेछन्। दशैँ, तिहार र छैट जस्ता चाडहरूले हामीलाई एकता, सद्भाव र आत्मनिर्भर बन्ने प्रेरणा दिन्छन्।” शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय विभिन्न संघ–संस्था,…
९ आश्विन २०८२, बिहीबार, काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई कारबाही गर्ने बताएकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनमा दोषी देखिएकालाई कारबाही गर्ने सरकारको प्रतिबद्धता रहेकाे बताइन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै नेपाली जनतालाई सहभागीता जनाउन समेत उनले आग्रह गरेकी छन् । उनले विदेशमा रहेका नागरिकलाईसमेत मतदानको व्यवस्था गर्ने विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारी गराइन् । प्रधानमन्त्री कार्कीले आन्दोलनकाक्रममा नेताहरुका घरमा भेटिएको रकमका सम्बन्धमासमेत छानबिन सुरु भएको जानकारी गराइन् । न्युज अफ नेपाल
२७ भाद्र २०८२, शुक्रबार, काठमाडौँ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे । वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।
८ भाद्र २०८२, आईतवार, काठमाडौँ । नेपालको संविधान जारी भएको एक दशक पुरा भएको अवसरमा सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ लाई विशेष उत्सवका साथ मनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो। २०७२ असोज ३ गते जनताबाट निर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको दिनलाई संविधान दिवसका रूपमा मनाउने गरिन्छ। यस वर्ष संविधान जारी भएको दस वर्ष पूरा भएकाले दिवसलाई हर्षाेल्लासपूर्ण र भव्य बनाउन त्रिदिवसीय कार्यक्रम गर्ने निर्णय भएको छ। असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली नियोगमा दीपावलीसहित…
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले औपचारिक रूपमा राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले अब अभियान मात्र होइन, प्रत्यक्ष राजनीतिमा प्रवेश गर्ने निर्णय लिएको जानकारी दिएका हुन्। केही समयअघि डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले आफूले चलाउँदै आएको अभियानलाई विभिन्न अवरोध र दमन गरिएको भन्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता देखिएको बताए। “म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा पर्छन्,” प्रसाईंले पत्रकार सम्मेलनमा भने। उनले विगतमा आफूलाई अभियानकै क्रममा थुन्ने, कोठामा ताला लगाउनेजस्ता घटनाले ठूलो प्रश्न उठाएको भन्दै त्यसपछि नै राजनीतिमा प्रवेश गर्ने निष्कर्षमा…
२ श्रावण, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारिक निर्णय गर्ने तयारी भएको छ। आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु गम्भीर विषय रहेको टिप्पणी गरेका छन्। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले राष्ट्रपति राष्ट्रको परमाधिपति र गणतन्त्रको प्रतीक भएकाले यस्तो व्यक्तिले सक्रिय राजनीतिमा फर्कने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका थिए। पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नविकरण गरी राजनीतिमा सक्रिय हुने संकेत दिएकी छन्। तर, पार्टीभित्रै यस विषयमा मत विभाजन देखिएको छ। एक पक्षले राष्ट्रपति पदको गरिमा कायम राख्दै…
३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढ्ने र विभिन्न मन्त्रालयका मन्त्रीहरूले मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ू माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने छन्।
काठमाडौँ। संयुक्त जनआन्दोलन समितिले भोलि (जेठ १९ गते) काठमाडौँ उपत्यका बन्द गर्ने घोषणा गरेका छन्। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन्। “सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौँ । यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु,” विज्ञप्तिमा उल्लेख छ । आज काठमाडौं नारायण चौरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक…
४ जेष्ठ २०८२, शनिबार, काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ। आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ। यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ। यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्नेछन् ।…