९ आश्विन २०८२, बिहीबार,
झापाको बिर्तामोडमा नागरिक बचाउ अभियन्ता दुर्गा प्रसाईँको प्रमुख आतिथ्यतामा बडा दशैँ, शुभदिपावलि र छैट पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईँले आगामी दिनमा नेपाली समाज, राजनीति र अर्थतन्त्रमा देखिएका चुनौतीबारे विस्तृत धारणा राख्दै जनताले सही नेतृत्व र विकल्प रोज्नुपर्नेमा जोड दिए।
उनले हालको राजनीतिक अवस्थालाई जनताप्रति गैरजिम्मेवार र सत्ता–स्वार्थमा मात्र केन्द्रित भएको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, “देशमा सुशासन, इमान्दार नेतृत्व र राष्ट्रप्रतिको जिम्मेवारी नलिएसम्म जनता अझै पीडित भइरहनेछन्।
दशैँ, तिहार र छैट जस्ता चाडहरूले हामीलाई एकता, सद्भाव र आत्मनिर्भर बन्ने प्रेरणा दिन्छन्।” शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय विभिन्न संघ–संस्था, व्यापारी, बुद्धिजीवी, युवा र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
सहभागीहरूले चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै आपसी एकता र सहकार्यमा जोड दिएका थिए।