Skip to main content

नयाँ तृष्णा

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

Advertisement
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारिक निर्णय गर्ने तयारी भएको छ। आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु गम्भीर विषय रहेको टिप्पणी गरेका छन्। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले राष्ट्रपति राष्ट्रको परमाधिपति र गणतन्त्रको प्रतीक भएकाले यस्तो व्यक्तिले सक्रिय राजनीतिमा फर्कने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका थिए। पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नविकरण गरी राजनीतिमा सक्रिय हुने संकेत दिएकी छन्। तर, पार्टीभित्रै यस विषयमा मत विभाजन देखिएको छ। एक पक्षले राष्ट्रपति पदको गरिमा कायम राख्दै राजनीतिमा फर्किन नहुने धारणा राखिरहेका छन् भने, अर्को पक्षले भण्डारीको सक्रिय सहभागिताले पार्टीलाई थप बल पुग्ने तर्क अघि सारेका छन्। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले उचित समयमा केन्द्रीय कमिटीबाट निर्णय गर्ने बताएका छन्। बैठकमा एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने सम्बन्धमा प्रस्ताव तयार पारिएको विषयमा समेत छलफल भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...