Skip to main content

नयाँ तृष्णा

राजनीति

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन

१५ चैत्र २०८२, आईतवार, काठमाडौं । काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा नेकपा एमालेका कार्यकर्ताहरूले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गरेका छन्। एमालेका जनवर्गीय संगठनहरूले देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउँदै आन्दोलनलाई निरन्तरता दिएका छन्। हिजोदेखि सुरु भएको प्रदर्शन आज पनि जारी रहेको छ। ओलीसँगै कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रम थालेको जनाएको छ।
Read More
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

१३ चैत्र २०८२, शुक्रबार, काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गाेपनीयताकाे शपथग्रहण लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय निवासमा शुक्रबार विशेष समाराेहकाबीच शाहलाई शपथ गराएका हुन् ।राष्ट्रपति पौडेलले शाहलाई शुक्रबारै प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । साेही शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी लगायतका विभिन्न राजनीतिकका नेताहरु लगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं ससदीय दलका नेता शाहले वैदिक विधि अनुसार शपथ लिएका हुन् । साेही अवसरमा नेपाली सेनाले…
Read More
बालेन शाह प्रधानमन्त्री नियुक्त

बालेन शाह प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर  फागुन २१ को चुनावमा भाग लिएका शाह  पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।
Read More
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

८ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बालुवाटारमा भेटवार्ता भएको छ। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे । उनले भने, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ, यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालयलाई बधाई र धन्यवाद दिन चाहन्छु ।” सभापति लामिछानेले भने, “यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ ।…
Read More
रास्वपाले पाएको जनादेशलाई खेर जान दिनुहुँदैन : पूर्वराष्ट्रपति डा. यादव

रास्वपाले पाएको जनादेशलाई खेर जान दिनुहुँदैन : पूर्वराष्ट्रपति डा. यादव

३ चैत्र २०८२, मंगलवार, काठमाडौँ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको जनादेशलाई खेर जान दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले जनादेशलाई खेर जान दिन नहुने उल्लेख गरेका हुन् । रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताएका छन् । पूर्वराष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको उल्लेख गरे । राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सवैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा उहाँकाे जोड थियो ।
Read More
रास्वपाले टुंग्यायो समानुपातिक सांसद, ४८ महिला र ९ पुरुष

रास्वपाले टुंग्यायो समानुपातिक सांसद, ४८ महिला र ९ पुरुष

१ चैत्र २०८२, आईतवार, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा पठाउने सांसदहरूको नाम टुंगो लगाएको छ। आइतबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फका ५७ जना सांसदको सूची तयार गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ। ती सिटमध्ये ४८ महिला र ९ पुरुष रहनेगरी नाम छनोट गरिएको प्रवक्ता झाले बताए। पार्टीले सांसदहरूको नाम टुंगो लगाए पनि पूर्ण नामावली भने सार्वजनिक गरिसकेको छैन। समावेशीताको आधारमा हेर्दा खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशी समुदायबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जना समावेश गरिएको उनले बताए। सचिवालयले तय…
Read More
झापा १ : एमालेका उप्रेतीसहित १२ उम्मेद्वारको जमानत जफत

झापा १ : एमालेका उप्रेतीसहित १२ उम्मेद्वारको जमानत जफत

२४ फाल्गुन २०८२, आईतवार, मेचीनगर । फागुन २१ गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं. १ मा १२ जना उम्मेद्वारको जमानत जफत भएको छ । निर्वाचन कानून अनुसार कुल सदर मतको दश प्रतिशत भन्दा कम मत ल्याउने उम्मद्वारको जमानत जफत हुन्छ । झापा १ मा १५ जना उम्मेद्वार चुनावी मैदानमा थिए । त्यस मध्ये तीन दलका उम्मेद्वारले मात्रै दश प्रतिशत भन्दा बढी मत ल्याएका छन । बाँकी १२ जना उम्मेद्वारले दश प्रतिशत भन्दा कम मत ल्याएका कारण उनीहरुको जमानत जफत भएको हो । उम्मेद्वारी दर्ता गर्दा पुरुष र अन्य समुदायका उम्मेद्वार १० हजार तथा महिला र विभिन्न संरक्षित क्लष्टरमा…
Read More
सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी

सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी

२४ फागुन, काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् । यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् । त्यस्तै भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।  
Read More
श्रम संस्कृति पार्टीले   खोल्यो खाता, खोटाङमा आरेन राई विज

श्रम संस्कृति पार्टीले   खोल्यो खाता, खोटाङमा आरेन राई विज

२४ फागुन, काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खाता खोलेको छ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो । १६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन् । नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् । नेपाली कांग्रेस्का वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।
Read More
झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित

झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित

२३ फाल्गुन २०८२, शनिबार, काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्रै पाएका छन्। शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै झापा–५ मा ऐतिहासिक जित हासिल गरेका हुन्।
Read More