काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीका लागि स्थानीय समयअनुसार विजया दशमी–२०८३ को टीका लगाउने शुभसाइत सार्वजनिक गरेको छ । समितिको २०८३ असोज २० गते बसेको बैठकको निर्णयअनुसार नेपालसहित विभिन्न देशका प्रमुख शहरमा स्थानीय मानअनुसार टीकाको साइत निर्धारण गरिएको हो । समितिका अनुसार काठमाडौंमा कात्तिक ४ गते बिहान १०ः२६ बजे विजयादशमीको टीका लगाउने शुभसाइत रहेको छ । भारतको दिल्लीमा बिहान ९ः११ बजे, भुटानको थिम्पुमा १०ः१४ बजे, अमेरिकाको न्युयोर्कमा १०ः११ बजे, फ्र्याङ्कफर्टमा १०ः४७ बजे, भ्यानकुभरमा ११ः४५ बजे, टेक्सासमा १०ः२७ बजे, वासिङ्टन डिसीमा १०ः२१ बजे, क्यालिफोर्नियामा ९ः५१ बजे र क्यानडाको टोरोन्टोमा १०ः४१ बजे टीका लगाउने शुभसाइत तोकिएको छ…
काँकरभिट्टा । मानव बेचबिखन तथा लैंगिक हिंसा रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय तथा सरोकारवाला संघसंस्थाबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ। आफन्त नेपालको आयोजना तथा स्ट्याण्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वर काठमाडौंकाे साैजन्यमा बुधबार मेचीनगर–६, काँकरभिट्टास्थित भारी रेष्टुरेन्टमा सम्पन्न “स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक” का सहभागीहरूले मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध साझा प्रयास आवश्यक रहेको बताएका हुन्। कार्यक्रम “मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियान” अन्तर्गत आयोजना गरिएको थियो। आफन्त नेपाल केन्द्रका कार्यक्रम व्यवस्थापक केशर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी नगर उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख अतिथि तथा प्रहरी निरीक्षक कमल विष्ट विशिष्ट अतिथि रहेका…