Skip to main content

नयाँ तृष्णा

अन्तर्राष्ट्रिय

प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन सम्पन्न

प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन सम्पन्न

काँकरभिट्टा । लिम्बू समुदयलाई लक्षित गरि प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन सम्पन्न भएको छ । “आऔ हाम्रा मानिसहरुका लागि हामी एस्तर बनौं ” भन्ने मुख्य बचनलाई प्रशंग बनाई बुधबारबाट शुरु भएको प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन काँकरभिट्टाको सामुदायीक हलमा आज सम्पन्न भएको हो । प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन डा.छत्र पावल सुब्बाले प्रमुख आतिथ्यता रहेका थिए भने रेभ दानियल सुब्बाको बिशिष्ठ आतिथ्यतामा भएको बृहत कार्यक्रमको प्रमुख बक्ता सारा सुब्बा र अन्य बक्ताहरु लिना सुब्बा,तारा कन्दङवा र सेम्मुई एक्तेनद्धारा लिम्बू समुदायप्रति उत्साह दिंदै परमेश्वरको आशिषमय बचन प्रस्तुत गर्नु भएको थियो । अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलनमा अन्तर्राष्ट्रिय ख्रीष्टियन…
Read More
दुई अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ

दुई अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ

६ फाल्गुन, काठमाडौँ। प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौँ बुढानीलकण्ठ२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो। परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो। उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले…
Read More
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

काठमाडौ । नेपालले काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत विजयी शुरुवात गरेको छ । नेपालले दशरथ रंगशालामा सम्पन्न खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको १०औं मिनेटमा नेपालकी विमला चौधरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आजै सम्पन्न च्याम्पियनसिपको पहिलो खेलमा म्यान्मारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । त्यस्तै अब फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने सोहि दिन किर्गिस्तान र म्यान्मार खेल्ने तालिका रहेको छ ।
Read More
अमेरिकाको अलास्कामा १० जना बोकेको विमान बेपत्ता

अमेरिकाको अलास्कामा १० जना बोकेको विमान बेपत्ता

२५ माघ २०८१, शुक्रबार, एजेन्सी। अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा १० यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ। विमान दुर्घटना भएको आशंका गरिएको छ। अलास्का राज्य प्रहरीका अनुसार, नौ यात्रु र एक पाइलट सवार बेरिङ एयर क्याराभान स्थानीय समयानुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो। यी दुई सहर नोर्टन साउन्डमा एकार्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर)को दूरीमा अवस्थित छन्। खोजी तथा उद्धारकर्ताले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन्। हराएको उक्त विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो। गएको जनवरी ३० मा राजधानी वासिङटनमा अमेरिकी सेनाको…
Read More
अमेरिकामा एक करोड एक लाख अवैध आप्रवासी, २०५ भारतीयलाई पठायो फिर्ता

अमेरिकामा एक करोड एक लाख अवैध आप्रवासी, २०५ भारतीयलाई पठायो फिर्ता

२२ माघ २०८१, मंगलवार, नयाँ दिल्ली । अमेरिका आएका २०५ अवैध आप्रवासीलाई भारत फिर्ता पठाइने भएको छ । सबै २०५ भारतीयहरु अमेरिकाको सैन्य विमान सि–१७ विमान मार्फत भारत फर्कदैछन् । यी सबै २०५ जनालाई पहिचान गरेपछि मात्रै देश निकाला गरिएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । जानकारी अनुसार, विमान अमृतसरमा अवतरण गर्न गइरहेको छ। अमेरिकी दूतावासका प्रवक्ताले यस घटनाले अमेरिकाले गैरकानुनी आप्रवासनमा कुनै जोखिम नलिने स्पष्ट सन्देश दिएको बताए । उनले भने, ‘भारतमा निर्वासन उडानको रिपोर्टमा मैले धेरै सोधपुछ प्राप्त गरेको छु। म तिनीहरूको सोधपुछको कुनै विवरण साझा गर्न सक्दिन, तर म रेकर्डमा साझा गर्न सक्छु कि अमेरिकाले आफ्नो सीमाको…
Read More
विपिनको रिहाइमा पहल गर्न राष्ट्रिय सभा अध्यक्षको आग्रह

विपिनको रिहाइमा पहल गर्न राष्ट्रिय सभा अध्यक्षको आग्रह

२१ माघ २०८१, सोमबार, काठमाडौं । इजरायलसँग युद्धविराम सम्झौता भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्दै गएको छ । सम्झौताको पहिलो चरणमा मुक्त गरिने भनिएका ३३ बन्दीको सूचीमा नेपाली युवा विपिन जोशीको नाम छैन । तर, उनलाई मुक्त गर्न सबै पक्षले पहल गरिरहेका छन् । यसबीच, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् । सोमबार शिष्टाचार भेटका लागि आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् । भेटमा उनले इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन पनि आग्रह…
Read More
भारतमा नेपाली चढेको स्कार्पियो दुर्घटना :  पाँच जनाको मृत्यु, ४  गम्भीर घाइते

भारतमा नेपाली चढेको स्कार्पियो दुर्घटना : पाँच जनाको मृत्यु, ४ गम्भीर घाइते

१९ माघ २०८१, शनिबार, काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुररहेको बताइएको छ। घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।  
Read More
झापाकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै

झापाकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै

बिर्तामोड । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो । उनले पिएम कपमा कोशी प्रदेशको टिमबाट खेलेकी छन् । त्यसपछि अन्डर–१९ टिममा परेकी थिइन् । विश्वकप छनोटका बेलादेखि नेपालको अन्डर–१९ टिममा रहेकी रियाले अन्डर–१९ एसिया कप पनि खेलिन् । पहिलोपटक विश्वकप खेल्न लाग्दा नर्भस पनि भएको र उत्साहित पनि उत्तिकै रहेको उनको भनाइ छ । धेरैभन्दा धेरै विकेट लिएर राम्रो प्रदर्शन…
Read More
लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

१ माघ, काठमाडौं । अमेरिकाको लस एन्जलस र क्यालिफोर्नियामा विनासकारी आगलागीमा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको सम्झनामा आज काठमाडौँको सिनामङ्गलमा दीप प्रज्वलन गरिएको छ । समाजसेवी एवं आरएस वास एण्ड सर्भिस सेन्टरका प्रबन्ध निर्देशक राजेशप्रशाद लामिछानेको नेतृत्वमा यहाँका स्थानीयवासी, समाजसेवी, महिला तथा युवाहरुले उक्त दीप प्रज्वलन गर्नु भएको हो । बिनासकारी आगलागिमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुसहित सिनामङ्गलका युवा युवती, महिलाहरुले आज करिव पाँच सय वटा दीप प्रज्वलन गरेको प्रबन्ध निर्देशक लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागिबाट धेरैले ज्यान गुमाए, कयौँ घाइते भएका छन्, कतिपय अझै बेपत्ता भएकाले ज्यान गुमाएका प्रति…
Read More
चीनको सिगात्सेमा शक्तिशाली भूकम्प, १ सय ५० बढीको मृत्यु

चीनको सिगात्सेमा शक्तिशाली भूकम्प, १ सय ५० बढीको मृत्यु

२४ पुष, बुधबार, काठमाडौं । चीनसहित नेपाल, भुटान, भारत र बंगलादेशका विभिन्न स्थानमा धक्का महसुस गरिएको शक्तिशाली भूकम्पका कारण स्वशासित क्षेत्र तिब्बतमा कम्तीमा पनि एक सय जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस घाइते भएका छन् । केही दिनदेखि तिब्बतको विभिन्न भागमा भूकम्पका धक्काहरू महसुस गरिएको भए पनि मंगलवार बिहान भने शक्तिशाली भूकम्प गएको थियो । मंगलबार बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण सिगात्से सहर नराम्रोसँग प्रभावित भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निड पोस्टले जनाएको छ । भूकम्पका कारण…
Read More