Skip to main content

नयाँ तृष्णा

सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

[adsforwp id="2511"]

 काठमाडौँ

विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ। सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको भाउ बिहीबार तोलामा ३ हजार ३ सय रुपैयाँ घटेर २ लाख ५७ हजार ६ सयमा झरेको थियो। 

गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ त्यसयता ३८ हजार ९ सय रुपैयाँ घटिसकेको छ। 

गत कात्तिक १७ गते पनि सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको थियो। त्यसैगरी कात्तिक २९ गते १ हजार ५ सय, ३० गते १ हजार १ सय, मंसिर १ गते १ हजार ९ सय  र २ गते ६ हजार ३ सय रुपैयाँ घटेको थियो। 

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २ सय २५ रुपैयाँ घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ। बिहीबार चाँदीको भाउ ३ हजार ३ सय ३५ रुपैयाँ थियो। 

गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

२०८३ मंसिर ०५, शनिबारमेचीनगर, झापा ।तरुण राई, मेचीनगर । श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै मेचीनगर न...
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि...
सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

 काठमाडौँ विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ। सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ ...
ट्रम्प, सी र पुटिनबीच दुर्लभ त्रिपक्षीय वार्ता, विश्व शान्ति र आणविक जोखिम न्यूनीकरणमा जोड

ट्रम्प, सी र पुटिनबीच दुर्लभ त्रिपक्षीय वार्ता, विश्व शान्ति र आणविक जोखिम न्यूनीकरणमा जोड

काठमाडौं । विश्वका तीन शक्तिशाली राष्ट्र अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच चीनको शेन्जेनमा दुर्लभ त्रिपक्षीय भेटवार्ता भएक...