नयाँ तृष्णा

Day: २०८२ माघ ६, सोमबार

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

५ माघ २०८२, सोमबार, काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। खरेलले आज साँझ आयोजित विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो राजीनामाबारे औपचारिक जानकारी दिएका हुन्। रास्वपाको तर्फबाट ललितपुर–२ बाट उम्मेदवार बन्ने भएपछि उनले मन्त्री पद त्यागेको जनाइएको छ। यसअघि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका थिए। माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने समयसीमा रहेकाले खरेलले आजै राजीनामा दिएका हुन्।
Read More