४ कार्तिक २०८२, मंगलवार, टोकियो। साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। जापानी संसदका दुवै सदनमा भएको मतदानमा उनले बहुमत हासिल गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन्। ६४ वर्षीया ताकाइचीलाई जापानको “आइरन लेडी” भनेर चिनिन्छ। उनी दक्षिणपन्थी नेतृ हुन् र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन्। यो ताकाइचीको प्रधानमन्त्री बन्ने तेस्रो प्रयास हो। पछिल्लो पाँच वर्षमा एलडीपीले नयाँ प्रधानमन्त्री चयन गरेको यो चौथो पटक हो। ताकाइची एलडीपीको कट्टरपन्थी गुटसँग सम्बन्धित छिन् र पूर्व प्रधानमन्त्री शिन्जो आबेकी नजिककी मानिन्छिन्। उनी पहिले सरकारी मन्त्री, टेलिभिजन होस्ट, र हेभी मेटल ड्रमर समेत रहिसकेकी छिन् — जसले उनलाई जापानमा बहुआयामिक व्यक्तित्वको…