ईलाम । ईलामको माई नगरपालिका–२ चेप्टीमा बाढीपीडित परिवारलाई राहात सामग्री वितरण गरिएको छ। ईलाम क्षेत्र नं. २ का उपनिर्वाचनबाट विजयी सांसद सुहाङ नेम्बाङको पहलमा केन्द्र सरकारको सहयोगमा प्राप्त सिरक र ढसना वितरण गरिएको हो। स्थानीय सरकार र जनप्रतिनिधिहरूको उपस्थितिमा पहिलो चरणमा ४५ घरधुरीलाई एक/एक थान सिरक र ढसना वितरण गरिएको समाजसेवीले नयाँ तृष्णा अनलाइनसँग जानकारी दिनुभयो। हालैको भीषण बाढीले चेप्टी बस्ती पूर्ण रूपमा डुबानमा परेपछि स्थानीय बासिन्दाको अवस्था अत्यन्त नाजुक बनेको बताइन्छ। स्थानीय सरकारका प्रतिनिधिहरूले थप राहत कसरी उपलब्ध गराउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिनुभयो। बाढीका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएकाले अझै पूर्ण विवरण संकलन हुन…