९ आश्विन २०८२, बिहीबार, झापाको बिर्तामोडमा नागरिक बचाउ अभियन्ता दुर्गा प्रसाईँको प्रमुख आतिथ्यतामा बडा दशैँ, शुभदिपावलि र छैट पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईँले आगामी दिनमा नेपाली समाज, राजनीति र अर्थतन्त्रमा देखिएका चुनौतीबारे विस्तृत धारणा राख्दै जनताले सही नेतृत्व र विकल्प रोज्नुपर्नेमा जोड दिए। उनले हालको राजनीतिक अवस्थालाई जनताप्रति गैरजिम्मेवार र सत्ता–स्वार्थमा मात्र केन्द्रित भएको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, “देशमा सुशासन, इमान्दार नेतृत्व र राष्ट्रप्रतिको जिम्मेवारी नलिएसम्म जनता अझै पीडित भइरहनेछन्। दशैँ, तिहार र छैट जस्ता चाडहरूले हामीलाई एकता, सद्भाव र आत्मनिर्भर बन्ने प्रेरणा दिन्छन्।” शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय विभिन्न संघ–संस्था,…

९ आश्विन २०८२, बिहीबार, काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई कारबाही गर्ने बताएकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनमा दोषी देखिएकालाई कारबाही गर्ने सरकारको प्रतिबद्धता रहेकाे बताइन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै नेपाली जनतालाई सहभागीता जनाउन समेत उनले आग्रह गरेकी छन् । उनले विदेशमा रहेका नागरिकलाईसमेत मतदानको व्यवस्था गर्ने विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारी गराइन् । प्रधानमन्त्री कार्कीले आन्दोलनकाक्रममा नेताहरुका घरमा भेटिएको रकमका सम्बन्धमासमेत छानबिन सुरु भएको जानकारी गराइन् । न्युज अफ नेपाल

९ आश्विन २०८२, बिहीबार, काठमाडौं । आज नवरात्रको चौथो दिन देशभरका शक्तिपीठ तथा मन्दिरहरूमा देवी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा सम्पन्न भइरहेको छ। धार्मिक विश्वासअनुसार देवी कुष्माण्डा सृष्टिको आदिशक्ति हुन्, जसले अण्ड (ब्रह्माण्ड) को उत्पत्ति गरेकी थिइन्। सिंहवाहिनी अष्टभुजा देवीको हातमा विभिन्न दिव्य अस्त्रशस्त्र छन्। कुभिण्डो देवीलाई प्रिय भएकाले मन्दिरहरूमा यसको बलि दिने परम्परा छ। देवी सूर्य मण्डलमा वास गर्ने भएकाले यिनको शरीर सूर्य जस्तै देदिप्यमान मानिन्छ। भक्तिपूर्वक पूजा गर्दा आयु, यश, बल, बुद्धि र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। आज देशभरका नवदुर्गा मन्दिरहरूमा भक्तजनहरूको ठुलो भीड लागेको छ।