८ भाद्र २०८२, आईतवार, काठमाडौँ । नेपालको संविधान जारी भएको एक दशक पुरा भएको अवसरमा सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ लाई विशेष उत्सवका साथ मनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो। २०७२ असोज ३ गते जनताबाट निर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको दिनलाई संविधान दिवसका रूपमा मनाउने गरिन्छ। यस वर्ष संविधान जारी भएको दस वर्ष पूरा भएकाले दिवसलाई हर्षाेल्लासपूर्ण र भव्य बनाउन त्रिदिवसीय कार्यक्रम गर्ने निर्णय भएको छ। असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली नियोगमा दीपावलीसहित…