नयाँ तृष्णा

Day: २०८२ असार ८, आईतवार

पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

८ असार २०८२, आईतवार, काठमाडौं। पशुपति क्षेत्र विकास कोषमा करोडौं रुपैयाँको भ्रष्टाचार गरेको अभियोगमा १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका तत्कालीन सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, हाल परिषद् सदस्य राजुकुमार खत्रीलगायतलाई सार्वजनिक सम्पत्तिमा हिनामिना र दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरेको हो। शवदाह मेशिन जडानको नाममा गरिएको परामर्श सेवा खरिदमा मिलेमतो, नक्कली कोटेशन, अनुभवविहीन कम्पनीलाई ठेक्का, अनुभव झुट्याउने कागजात, अत्यधिक लागत अनुमान, बिना जाँच भुक्तानी, र कार्य अलपत्र पारेको आरोप छ। अख्तियारका अनुसार, ठेक्का सम्झौताको म्याद सकिएको, जमानत फिर्ता नलिइएको र मेशिनसमेत…
Read More
अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण

अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण

  ८ असार २०८२, आईतवार, काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको बताएका हुन् । ट्रम्पका अनुसार फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि ट्रम्पले उल्लेख गरेका छन् । इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएका हुन् । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आत्रमण शुरु गरेको थियो । उक्त आक्रमणमा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको…
Read More