नयाँ तृष्णा

Day: २०८२ जेष्ठ २६, आईतवार

नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

झापा । झापाली महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँ पुगेको घोषणा गरेको छ। बिर्तामोडमा आयोजित एक समारोहका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आज (आइतवार) नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले कोषमा ५० लाख पुगेको घोषणा गरेकी हुन् । २०६९ सालमा स्थापना गरिएको संस्थाले पत्रकार महिलाहरुको स्वास्थ्योपचार, लेखनवृत्ति तथा प्रोत्साहनका लागि अम्बिका भण्डारी अध्यक्ष रहेको बेला अक्षयकोषको सुरुवात गरेको थियो । २०७५ सालदेखि सुरु भएको अक्षयकोषमा हाल ५१ लाख ५१ हजार रुपैयाँ पुगिसकेको संस्थाकी कोषाध्यक्ष स्वास्तिका आचार्यले जानकारी दिइन् । कोषमा संस्थागत तथा व्यक्तिगत सहयोग प्राप्त हुँदै आएको र एक…
Read More
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना विरुद्ध बिशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको हो । विशेष अदालतमा आइतबार दायर मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको जनाइएको छ। विस्तृत आउन बाँकी छ ।
Read More