झापा । संयुक्त पहिचानवादी मोर्चा जिल्ला समन्यवय समिति झापाको संयोजकमा एलवी पालुङ्वा चयन भएका छन् । झापाको बिर्तामोडमा आयोजित मोर्चाको भेलाले पालुङ्वालाई सर्वसम्वत संयोजकमा चयन गरेको हो । चार वटा पहिचानबादी पार्टीहरुको एकीकरण पछि संयुक्त पहिचानवादी मोर्चा गठन भएको हो । केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञान वहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्वर १ पुनः नामाङ्कन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा तगार भएको हो । मोर्चाको सह संयोजकमा भावनी विक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, नीर वहादुर राई, कालिवहादुर…