झापा । दूध र दुग्धजन्य पदार्थ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। दही पनि एक दुग्ध उत्पादन हो। दग्धजन्य पदार्थले पेट सम्बन्धी रोगहरू छिटो निको पार्छ। तपाईले देख्नु भएको होला कि पेट सम्बन्धी कुनै रोग लाग्दा चिकित्सकहरुले दही खाने सल्लाह दिन्छन्। दहीमा क्याल्सियम, प्रोटिन, भिटामिन बी १२, पोटासियम, म्याग्नेसियमका साथै धेरै एन्टिब्याक्टेरियल गुणहरू हुन्छन्। गर्मीमा दहीको सेवन राम्रो मानिन्छ। अहिले जाडोमा दहीको सेवनले रुघाखोकी, रुघाखोकी, घाँटी दुख्ने जस्ता रोग लाग्ने गर्दछ। जाडोमा दही कसरी खाने त ? दालचीनीमा एन्टिफङ्गल, एन्टिभाइरल, एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ। यसले चिसोका कारण लाग्ने रोगबाट जोगाउन मद्दत गर्छ। जाडोमा दालचीनीको धुलो दहीमा मिसाएर खाँदा फाइदा…
झापा । आज बिश्वब्यापीरुपमा येशू ख्रीष्टको जन्मोत्सव अर्थात‘ख्रीष्टमस डे’ बिभिन्न कार्यक्रमकासाथ मनायो । प्रभू येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै ख्रीष्टियनहरुले ‘ख्रीष्टमस डे’ मनाउँने गरेको हो । एकअर्कामा ख्रीष्टले सिकाउनु भएको एकता,प्रेम र उपहार साटासाट गर्ने तथा सम्मान कार्यक्रमहरुसमेत भएको थियो । पूर्वका बिभिन्न चर्चहरुले आ–आफ्नो क्षेत्रहरुमा मनाएको छ । झापा,इलाम,मोरङ,सुनसरी बिभिन्न जिल्लाहरुमा भब्यताकासाथ मनाएको छ । झापाको काँकरभिट्टा, धुलाबारी, बाहुन्डाँगी, बिर्तामोड, सुरुङ्गा, दमक, इलामको बिभिन्न चर्चहरुले ख्रीष्टमस मनाएको छ भने देशको प्राय सबै चर्चहरुले भब्य र सभ्यतामा सम्पन्न गरेको छ । ‘ख्रीष्टमस’को अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी गरिँदैछ । ख्रीष्टमस डेमा येशूको शिक्षा एवं उपदेशको…