Skip to main content

नयाँ तृष्णा

आज बिश्वब्यापीरुपमा येशू ख्रीष्टको जन्मोत्सव अर्थात‘ख्रीष्टमस डे’ मनायो

Advertisement

झापा । आज बिश्वब्यापीरुपमा येशू ख्रीष्टको जन्मोत्सव अर्थात‘ख्रीष्टमस डे’ बिभिन्न कार्यक्रमकासाथ मनायो । प्रभू येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै ख्रीष्टियनहरुले ‘ख्रीष्टमस डे’ मनाउँने गरेको हो ।

एकअर्कामा ख्रीष्टले सिकाउनु भएको एकता,प्रेम र उपहार साटासाट गर्ने तथा सम्मान कार्यक्रमहरुसमेत भएको थियो ।

पूर्वका बिभिन्न चर्चहरुले आ–आफ्नो क्षेत्रहरुमा मनाएको छ । झापा,इलाम,मोरङ,सुनसरी बिभिन्न जिल्लाहरुमा भब्यताकासाथ मनाएको छ । झापाको काँकरभिट्टा, धुलाबारी, बाहुन्डाँगी, बिर्तामोड, सुरुङ्गा, दमक, इलामको बिभिन्न चर्चहरुले ख्रीष्टमस मनाएको छ भने देशको प्राय सबै चर्चहरुले भब्य र सभ्यतामा सम्पन्न गरेको छ ।

‘ख्रीष्टमस’को अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी गरिँदैछ । ख्रीष्टमस डेमा येशूको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरेको छ ।

आजभन्दा दुई हजार २५ वर्षअघि येशू ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कन्य कुमारी मरियमबाट जन्मिएका येशू ख्रीष्टले मानवजातिको निम्ति मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा ख्रीष्टियनले समुदायले आजको दिनलाई बिशेष दिनको रुपमा ‘ख्रीष्टमस’ मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...