नयाँ तृष्णा

Day: २०८१ आश्विन ६, आईतवार

भारतको बेंगलुरुमा नेपाली महिलाको बीभत्स हत्या, फ्रिजमा भेटिए शरीरका ३० टुक्रा

भारतको बेंगलुरुमा नेपाली महिलाको बीभत्स हत्या, फ्रिजमा भेटिए शरीरका ३० टुक्रा

एजेन्सी, भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको बीभत्स हत्या भएको छ । बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एकजना नेपाली महिलाको हत्यापछि शव ३० टुक्रा पारेको अवस्थामा फ्रिजभित्र भेटिएको छ। हत्या गरिएकी २९ वर्षीय महालक्ष्मी दासको परिवार भने अन्तै बस्दै आएको थियो । शनिबार बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रिजमा महालक्ष्मीको शवका अनेक टुक्रा भेटिएका हुन् । द इकोनोमिक टाइम्सका अनुसार उक्त फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनीले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । शनिबार दिउँसो ती महिलाका घरधनीले परिवारलाई पनि झिकाएका थिए । घरधनीको फोनपछि महालक्ष्मीकी आमा र बहिनी पुगे । उनीहरू पुग्दा महालक्ष्मीको फ्ल्याट अगाडिको ढोका बन्द थियो । ढोका फोडेर पस्दा १६५…
Read More
झापाकी समिता र रुपन्देहीका एक पुरुषको ओमनामा दुर्घटनामा परि मृत्यु

झापाकी समिता र रुपन्देहीका एक पुरुषको ओमनामा दुर्घटनामा परि मृत्यु

६ आश्विन, झापा । ओमानमा कार्यरत झापाकी एकजना महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा समिता बुढाथोकीको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारुले चलाएको कार दुर्घटना हुँदा झापाकी बुढाथोकीसँगै सारुको पनि मृत्यु भएको हो । एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको दूतावासले जनाएको छ । समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् । कानुनी प्रक्रिया पूरा गरी समिताको शव नेपाल पठाउने प्रक्रियामा रहेको दूतावासले जानकारी दिएको…
Read More
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन

सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन

६ आश्विन, काठमाडौं । सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हाे। प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएपछि पक्राउका लागि प्रहरी परिचालन गरिएको हो । आइजिपी वसन्तबहादुर कुँवरलाई लेखकले ‘जो जुन अवस्थामा भेटिन्छ त्यहीँ अवस्थामा पक्राउ गर्नु’ भन्ने कडा निर्देशन दिएका थिए । उक्त निर्देशन पाए लगत्तै प्रहरी परिचालन गरिएको हो। सहकारी ठगीमा संलग्न गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व…
Read More
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो

दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो

६ आश्विन, काठमाडौँ। साइबर अपराध गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइएको छ । आइतबार दिउँसो आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा पेस गरेको हो। न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा अहिले बहस भइरहेको छ। भक्तपुरबाट उनलाई साइबर ब्युरो लगिएको थियो। त्यहाँबाट अस्पताल लगेर उनको मेडिकल जाँच भएपछि प्रहरीले उनलाई जिल्ला अदालत लगेको हो।
Read More