१८ भदौ, झापा । झापाको मेचीनगरमा किरात याक्थुङ चुम्लुङको ३६ औं स्थापना विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ । सोमवार किरात याक्थुङ चुम्लुङ मेचीनगरको आयोजनामा इट्टाभट्टा स्थित आफ्नै भवनमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको हो । कार्यक्रममा मेचीनगरका लिम्बू समुदायका जनप्रतिनिधिहरू, जग्गादाताहरू, चुम्लुङमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । किरात याक्थुङ चुम्लुङ इजरायल सहयोग कोषबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको छात्रवृत्ति मेचीनगर स्थित बालकल्याण मावि कक्षा- ७ मा अध्ययनरत मेचीनगर-५ निवासी छात्रा स्नेहा लिम्बूलाई नगद १० हजार प्रदान गरिएको थियो। गायक उत्तमजंग लिम्बू र गायिका गंगा फियाकको बेजोड सांगितीक प्रस्तुति रहेको कार्यक्रममा विभिन्न वडाको केलाङ, यालाङ,…

- होमराज राई, १८ भाद्र , मेचीनगर । मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘तीनै तहको सरकारको प्रतिवद्वता : मानव बेचविखन बिरुद्ध सबैको एक्यवद्वता´ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भाद्र २० गते बिहिबारका दिन हुने भएको छ । “मानव बेचबिखन तथ ओसारपसार बिरुद्धको १८ औं राष्ट्रिय दिवस २०८१ को सन्दर्भमा आयोजित अन्तरक्रियामा हामी,” नामक बिषयमा कार्यक्रम हुने भएको हाे । यसै अवसरमा झापामा मेचीनगर स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भब्य र सभ्यताकासाथ हुने यो कार्यक्रम अति रोचक र बैज्ञानिकपरिप्रेक्ष्यढङ्गबाट हुने भएकाले समाज रुपान्तरणको…

१८ भाद्र, काठमाडौं । प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्। सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन्। ‘हेर्ने कथा’ बाट आफ्नो परिवारको सम्पर्कमा पुगेका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकता दिइसकेका छन्। प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन्।