Skip to main content

नयाँ तृष्णा

Day: २०८१ भाद्र ४, मंगलवार

घरायसी बिवादपछि झापामा खुकुरी प्रहार गरी पत्नीको हत्या

घरायसी बिवादपछि झापामा खुकुरी प्रहार गरी पत्नीको हत्या

४ भाद्र, सुरुङा । झापामा घरेलु हतियार खुकुरी प्रहार गरी पतिले पत्नीको हत्या गरेका छन्। शिवसताक्षी नगरपालिका-८ स्थित निपत्रिया निवासी ओमप्रसाद अधिकारीले खुकुरी प्रहार गरी आफ्नै पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । अन्दाजी ३० वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घाँटीमा खुकुरी प्रहार गर्दा रञ्जनाको मंगलबार साँझ पौने ७ बजे घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुबीच घरायसी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना पश्चात् इलाका प्रहरी कार्यालय झिलझिलेको टोली ओमप्रकाशलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । प्रहरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए ।
Read More
अल्पसंख्यक महिला तथा पुरुषहरु विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी (तस्बिरहरु )

अल्पसंख्यक महिला तथा पुरुषहरु विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी (तस्बिरहरु )

४ भाद्र, काठमाडौँ। अल्पसंख्यक महिला तथा पुरुषहरु विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका छन्।  ब्लु डायमण्ड सोसाइटीद्वारा काठमाडौँमा मंगलबार  आयोजित गाईजात्रा कार्यक्रममा अल्पसंख्यक महिला तथा पुरुषहरू विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका हुन्। उनीहरुले  आफ्नो समूहका दिवंगतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन पनि  गरेका छन् ।   न्युज अफ नेपाल
Read More
टिकटकले सरकारको सर्त पालना गर्ने प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

टिकटकले सरकारको सर्त पालना गर्ने प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

४ भाद्र,  काठमाडौं ।  सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी सुरु भएको सञ्चार मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ । चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ । (more…)
Read More