साउन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने भएका हुन्। त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्। त्यसपछि उनले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री ओलीले गत सोमबार शपथ ग्रहण गरेका थिए।
साउन २, काठमाडौँ। चन्द्रागिरि केबलकारको विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका छन् । साढे एक बजेतिरबाट विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन्। अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको छ।
साउन २ , काठमाडौं । बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ । बुधवार सूचना जारी गर्दै दुताबासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो । राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । अहिलेसम्म भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ, जसमा ३ जना विद्यार्थीहरू रहेका छन् । सरकारी जागिरमा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षणको विरोधमा आन्दोलन चर्किएको हो । आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी…