नयाँ तृष्णा

Day: २०८१ असार ३०, शनिबार

काँकरभिट्टामा भानु जयन्ती : प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरु सम्मानित

काँकरभिट्टामा भानु जयन्ती : प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरु सम्मानित

असार ३०, काँकरभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा।डा। एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ । त्यस्तै अन्यविधामा हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कारबाट संगीत साधना प्रतिष्ठान नेपाल, सुनसरीलाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कारबाट सुसेली साहित्यिक प्रतिष्ठानलाई २१ हजार, हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कारबाट पत्रकार तथा साहित्यकार पिनाकीप्रसाद कोइरालालाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कारबाट…
Read More
आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ।  विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।

आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ। विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।

असार २९, काठमाडौं । आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ। विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।
Read More
राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान, आइतबार साँझ ५ बजेसम्मको समय

राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान, आइतबार साँझ ५ बजेसम्मको समय

काठमाडौँ  । नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्। संविधानको धारा ७६(२) अनुसार प्रतिनिधि सभाको बहुमत पुग्न सक्ने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिबाट आह्वान भएको शीतलनिवासबाट जारी सूचनामा उल्लेख छ। धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ। हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि १८ महिनाअघि धारा ७६ (२) अनुसार नै नियुक्त भएका हुन्। उनलाई त्यतिखेर नेकपा एमाले लगायत दलले समर्थन गरेका थिए। कतिपयले धारा ७६(२) को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके स्वतः…
Read More
कांग्रेस बैठक : यस्तो छ मन्त्री छनोटको मापदण्ड

कांग्रेस बैठक : यस्तो छ मन्त्री छनोटको मापदण्ड

असार २९, काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । शनिबार कांग्रेस कार्यसम्पादन समितिको बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो । योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘सकेसम्म एकै पटक नाम दिन्छौं ।’ शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन…
Read More