Skip to main content

नयाँ तृष्णा

खेलकुद

झापा कप : चर्च ब्वाइज फाइनलमा

झापा कप : चर्च ब्वाइज फाइनलमा

५ पुस, बिर्तामोड। चर्च ब्वाइज युनाइटेड प्रथम झापा कपको फाइनलमा पुगेको छ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एक मात्र गोलले चर्चले फाइनल प्रवेशको ढोका खोलेको थियो । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो । टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले…
Read More
मेचीनगर : राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता सुरू

मेचीनगर : राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता सुरू

मेचीनगर । मेचीनगर नगरपालिकामा आजदेखि पाचौँ मेचीनगर स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मेचीनगर—२ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरिन् । मेचीनगर नगरपालिकाको आयोजना जिल्ला खेलकुद विकास समिति झापाको संयोजन र मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर—२ को व्यवस्थापनमा सुरु यो चौधौं झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड छनौट खेलकुद प्रतियोगिता समेत हो । राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन मेचीनगर नगरपालिकाले उल्लेखीय भूमिका खेलेको उपप्रमुख उप्रेतीको बताइन् । नगरभित्रको खेलकुद…
Read More
प्रथम झापा कप : चर्च ब्वाइज सेमिफाइनलमा

प्रथम झापा कप : चर्च ब्वाइज सेमिफाइनलमा

बिर्तामोड । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो । ४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको कर्नर प्रहारलाई…
Read More
झापा कपमा आर्मी बाहिरियो, सलहेश सेमिफाइनलमा

झापा कपमा आर्मी बाहिरियो, सलहेश सेमिफाइनलमा

झापा । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पु¥याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो । सलहेशको…
Read More
‘झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक

‘झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक

झापा । मंसिर २९ गतेदेखि डोमालाल रंगशालामा हुन लागेको ‘झापा कप–२०८१’ को खेल तालिका बिहीबार सार्वजनिक गरिएको छ । झापा–११ फुटबल क्लबले अन्तर्राष्ट्रिय नकआउट फुटबल टुनामेन्ट अन्तरगत `झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताका संयोजक केशवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्डकप अध्यक्ष अध्यक्ष बिनोद बस्नेत, झापा कप २०८१ का सल्लाहकार सन्तोष थोप्रा, खेलकूद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखियाले एकैसाथ प्रतियोगिताका लागि सहभागी फुटबल टिम र खेल तालिका सार्वजनिक गरेका थिए । यसैगरी दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियनसमेत रहेको चित्लाङ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र रुपन्देहीको गोर्खा…
Read More
फुटबल खेलका क्रममा झडप हुँदा गिनीमा सयौंको मृत्यु

फुटबल खेलका क्रममा झडप हुँदा गिनीमा सयौंको मृत्यु

१८ मंसिर, काठमाडौं । अफ्रिकी राष्ट्र गिनीको एन जेरेकोर शहरमा आईतबार आयोजना भएको एउटा फुटबल प्रतियोगितामा झडप हुँदा १ सय जनाभन्दा बढी फुटबल समर्थकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । गिनीका जुन्टा नेता मामादी डौम्बौयाको सम्मानमा आयोजित फुटबल प्रतियोगितामा रेफ्रीले गलत निणर्य गरेपछि उत्पन्न विवादमा समर्थकहरुबीच उक्त झडप भएको बताइएको छ । ती समर्थकहरु मैदानमा प्रवेश गरेर उपद्रो मच्चाएपछि दुई पक्षबीच भिडन्त हुँदा १ सयभन्दा बढी व्यक्तिको ज्यान जानुको साथै दर्जनौं घाइते भएका हुन् । मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन् । शवहरू अस्पतालको भुइँमा छरपष्ट पल्टिएका अवस्थामा रहेको बताइएको छ । उक्त खेललमा स्थानीय लाबे र एनजेरेकोरे भिडेका थिए…
Read More
चौंथो खुदुनाबारी गोल्डकप : बुधवार मेचीनगर र शिवसताक्षी फाइनल भिड्दै

चौंथो खुदुनाबारी गोल्डकप : बुधवार मेचीनगर र शिवसताक्षी फाइनल भिड्दै

३ मंसिर, मेचीनगर । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा पुगेको छ । आजको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका उपाधि नजिक पुगेको हो । मेचीनगरका खेलाडी सनम भुजेलले ह्याट्रिक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं र ६९ औं मिनेटमा थप दुई वटा गोल गरेका थिए । मेचीनगरको तर्फबाट पहिलो गोल सरोज कार्कीले गरे । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै मेचीनगरका लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफमा भद्रपुरका गोलरक्षक देव लिम्बूले…
Read More
यूएईलाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट

यूएईलाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट

२८ कात्तिक, काठमाडौं । नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भएको हो । यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउदै ८३ रनमा रोकेको थियो । यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुदै छ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो…
Read More
विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल

विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल

१९ कार्तिक, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै छ। यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुने छ। सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो। सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको शानदार जित निकालेको छ। अघिल्लो खेलमा विजयी भएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा उत्रने छ।
Read More
नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को दौडको उपाधि

नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को दौडको उपाधि

१७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रियस्तरमै चर्चित नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को रेसको उपाधि जितेकी छन् । सुनमायाले शनिबार भएको एसियाकै प्रतिष्ठित र ठूलो रेस टिसाइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चिनियाँ धावक दोस्रो र तेस्रो भए । दुई सातामा सुनमायाले चीनमा जितेको यो दोस्रो रेस हो । यसअघि उनले कात्तिक पहिलो साता भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् । यस्तै सुनमाले चीनमा जितेको यो तेस्रो उपाधि हो । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् ।…
Read More