२६ कार्तिक , काठमाडौँ । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थलको प्रयोग गरेर विदेश जाँदा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जस्ता देशमा जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नरहेको जनाएको हो । त्यसैगरी, नेपाली कूटनीतिक/आधिकारिक/सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज-पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने दुताबासले जनाएको छ । त्यसैगरी अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी…
२१ कार्तिक, Share – होमराज राई, मेचीनगर । झापा इसाई समाजले आठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधवार बिर्तामोडको पर्शुराम पार्टी प्यालेसमा धार्मिकताले राष्ट्रको उन्नति गराउँछ भन्ने मुल प्रशंगकासाथ कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पबित्रा महतारा प्रसाई र प्रमुख बक्ता रेभ एनडी थुलुङ्ग रहेको थियो । कार्यक्रमका प्रमुख बक्ता थुलुङ्गले भने धार्मिकताले राष्ट्रको उन्नति गराउँछ भन्ने प्रशंगबाट बोलेका थिए । सभमा धार्मिकताले निष्कलंताले,पबित्रताले, असल ब्यवहारद्धारा राष्ट्रलाई उचाल्छ । येशूख्रीष्टमा भएको धार्मिकता, पबित्रता र भक्तिपूर्ण जीवनले नै सम्प्रर्ण राष्ट्रलाई उचाल्ने काम गर्दछ । अब आउने झपा इसाई समाजका समितिहरु ठूलो दर्शन लिएर सबै मण्डलीहरुबीच एकता कायम ल्याउनु पर्ने उनको…
२१ कार्तिक, काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गर्दै डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन् । अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज मध्ये बहुमतको लागि २७० इलेक्टोरल भोट आवश्यक पर्दछ ।
२० कार्तिक, काठमाडौँ। डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा महसुल नतिर्नुपर्ने माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । हिमाल आइरन एन्ड स्टिल उद्योगले नेपाल विद्युत प्राधिकरणको महसुल उठाउने निर्णयविरुद्ध रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएको हो । मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिटलाई खारेज गरिदिएको हो । प्राधिकरणले उक्त उद्योगले १३ करोड ६५ लाख १ हजार ९०२ रुपियाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ । डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ड स्टिलले २०७५ फागुन ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो । यसअघि विद्युत…
१९ कार्तिक, झापा । नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्र न ३ का कार्य–समितिले शुभकामना कार्यक्रम गरेको छ । सोमबार भद्रपुर ४ स्थीत नेपाल ख्रीष्टियन चर्च भवनमा सम्पन्न भएके शुभकामना कार्यक्रममा कोशी प्रदेश राज्य तथा भौतिक पुर्वधारमन्त्री भूमी प्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा भएको थियो। मन्त्री भूमी प्रशाद राजवंशी ,पुर्वधार बिकास ,राज्यमन्त्रीले भन्नुभयो धर्मले सहि बाटोमा हिड्न सिकाउने काम गर्छ। धर्मले मान्छेलाई असल बनाउने काम गर्छ ।धर्मले सत्मार्गमा हिड्ने दिशा देखाउँछ। ख्रीष्टियन धर्म नयाँ धर्म होइन धेरै पुरानो हो । हामीलाई स्कूलमा इतिहासको किताबबाट पढाइन्थ्यो । राजवंशी मन्त्रीले धन्यवाद र शुभकामना सम्बोधन गर्दै भन्नुभयो एउटा महत्वपूर्ण कुरा यहाँ मैले देखिराखेको छु…
१८ कार्तिक, ललितपुर। संस्कृति संरक्षण र प्रवर्द्धनमा क्रियाशील ललितपुरका दुई युवालाई राेट्रयाक्ट क्लब अफ ललितपुरले सम्मान गरेको छ । नेपाल संवत् ११४५ काे अवसर पारेर पाटन दरबार क्षेत्रमा आयोजित एक समाराेहका बीच साम्राज्यदेव श्रेष्ठ र सुप्रिन्स शाक्यलाई सम्मान गरिएकाे हाे । संस्कृति संरक्षण र प्रवर्द्धनका लागि युवा नारा राखेर उनीहरूलाई सम्मान गरिएकाे क्लबका अध्यक्ष शाेभना शाक्यले जानकारी दिईन् । साे अवसरमा ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर मञ्जरी शाक्यले दाेसल्ला अाेढाई सम्मानपत्र प्रदान गरिन् । श्रेष्ठ लिच्छविकाल राजा मानदेवले स्थापना गरेको सांस्कृतिक धराेहरका रूपमा रहेकाे मानमानेश्वरी भवानीकाे खड्गजात्रासंग सम्बन्धित मूछें अागंछेका मुख्य गुठीयार हुन्। याे जात्रा दशै समयमा हुने गर्दछ।२४ वर्षदेखि राेकिएकाे याे परम्परा…
१६ कार्तिक, काठमाडौँ । उत्तरी इजरायलमा हिजबुल्लाहले बिहीबार गरेको दुई छुट्टाछुट्टै रकेट आक्रमणमा सात जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार यो हमला महिनौंमा भइरहेका हमलाहरुमध्ये सबैभन्दा घातक दिन साबित भएको छ । इजरायली र थाई अधिकारीहरूका अनुसार लेबनानको सिमानामा रहेको मेतुला सहर नजिकै रकेट प्रहार हुँदा एक इजरायली किसान र चार थाई खेत मजदुरको मृत्यु भएको थियो । त्यसपछि पछि, हाइफाको तटीय सहरको बाहिरी भागमा रहेको किबुट्ज अफेक नजिकैको जैतुनको ग्रोभमा भएको आक्रमणमा एक इजरायली महिला र उनको वयस्क छोराको पनि मृत्यु भएको थियो । हिजबुल्लाहले इजरायली सेनालाई हाइफाको उत्तरी भागमा र मेतुलाको विपरित लेबनानी सहर खियामको दक्षिणतर्फ क्रायोट…
१४ कार्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो ।
१४ कार्तिक, मेचीनगर । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा मेचीनगर –८ मा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । साँस्कृतिक सम्पदा पुर्खाको पौरख, नेपाल सम्बत राष्ट्रिय गौरव भन्ने मुल नाराका साथ नेवा: देय् दवू मेचीनगर – ८ वडा समितिको आयोजनामा हुन लागेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारदेखि बिभिन्न जातजातिको जातीय नृत्य, संगिनी नृत्य, बालन प्रस्तुत हुने छ । आयोजकले मंगलबार इटाभट्टामा पत्रकार सम्मेलन आयोजना गरेको २०८१ कात्र्तीक १६ गते साँझ साँस्कृतिक कार्यक्रम आयोजना गर्न जानकारी दिएको हो । नेवा : देय् दवूका केन्द्री सचिव दिनेश शाक्यले नेपाल सम्बतको महत्वको बारेमा प्रकाश पार्दै यसलाई देशभर लागू गर्नु पर्ने बताए…
१२ कार्त, दाङ। सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक आज बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । स्थानीय १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार दुई जनाको घटनास्थलमै एक जनाको बाटोमा मृत्यु भएको हो…