३२ श्रावण, काठमाडौं । सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा भएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम उक्त निर्णय गरिएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। त्यस्तै, नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने…
बिर्तामोड, ३१ साउन । हात्ती नियन्त्रणका लागि बिर्तामोड नगरपालिकामा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ ।हात्तीले दिनैपिछे दु:खदिन थालेपछि बिर्तामोड क्षेत्रमा विद्युतीय तारवार लगाउन सुरू गरिएको हाे । राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको छ । वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टा सम्मको ९ किलोमिटर क्षेत्रमा तारवार निर्माण हुन लागेको हाे । आज बिर्तामोड मेयर पवित्रा महतारा प्रसाईले तारवार निर्माण कार्यकाे शिलान्यास गरिन् । कार्यक्रममा मेयर प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने दावी गरिन् ।…
काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । त्यस्तै सरकारले विमान दुर्घटनामा निधन भएकाको सम्झनामा विहिबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले जानकारी दिएका छन् । साथै सरकारले आगामी…
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन्। ८१ बर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन्। पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो। बाइडेनले विज्ञप्तिमा भनेका छन्- ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु।’ बाइडेनले…
काठमाडौँ । माल्दिभ्समा भइरहेको काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित पाएको छ । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० ले पराजित गर्यो । यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागी च्याम्पियनसिपमा २ अङ्कसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अङ्कविहीन छ । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ३–१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो । अब शनिवारै हुने किर्गिस्तान र श्रीलङ्काबिचको खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय…
, साउन ३ काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो । रिपोर्टका अनुसार बुधबार साँझ भएको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ । घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ । हाल आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो । चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ ।
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीलगायतका सबै जिम्मेवारीबाट निष्कासनमा परेका मुकुल ढकालले पार्टीका उपाध्यक्ष डिपी अर्यालमाथि आर्थिक अनियमितताको आरोप लगाएका छन्। आज पत्रकार सम्मेलन गर्दै ढकालले यस्तो आरोप लगाएका हुन्। रास्वपाभित्र आर्थिक पारदर्शिता नरहेको उनले आरोप लगाए । ‘डिपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिई सीधै आफ्नो खल्तीमा राख्नुभएको छ। दुई साताअघि पनि त्यस्तो भएको छ,’ ढकालको आरोप छ, ‘कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधानबारे मैले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गरिरहनुभयो।’
असार २३ गते ,झापा । साहित्यकार एवं सताक्षीधाम साहित्य सङ्गम झापाका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा सङ्ग्रह ‘सनेस’को आज भक्तपुरमा विमोचन गरिएको छ । सताक्षीधाम साहित्य सङ्गम झापा र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा भक्तपुरको कौशलटारमा आयोजित विमोचन कार्यक्रममा साहित्यकार, पूर्वप्राज्ञ प्रा डा देवी नेपाल, सृजना साहित्य समूहका अध्यक्ष एवं पूर्वप्राज्ञ लघुकथाकार ध्रुव मधिकर्मीलगायतले विमोचन गरे । कार्यक्रममा साहित्यकार प्रा डा नेपालले दाहालको कृति लघुकथा सनेस भाषा, शैली, प्रस्तुति, संवाद सबै कोणबाट हेर्दा लघुकथाको आयामामा उत्कृष्ट रहेको चर्चा गरे । उनले लघुकथाभित्र दाहालले समाजको बेथितिलाई भित्रैबाट केलाउँदै सामाजिक सन्देश छरेको बताए । लेखक दाहाल झापाका लागि एक व्यक्ति नभई संस्था…
विराटनगर ,असार २३। अविरल वर्षाका कारण पानीकाे बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ । भारतको नियन्त्रणमा रहेको पलुमा ५६ वटा ढोका छन् । आज बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलेको हो । यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार आज बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीकाे बहाव मापन भएको छ । सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
मेचीनगर,२१ असार । अपाङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर सेवा दिने उदेश्यले मेचीनगरमा आगामी साउन १ गतेदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरू हुने भएको छ । विहीबार मेचीनगर नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेशनको तर्फबाट साे कार्यक्रम अघि बढाउने त्रिपक्षीय सम्झौता भएको हाे । नगरपालिकाकी महिला तथा बालबालिका विकास शाखा प्रमुख जयन्ती खरेलले मेचीनगरमा अपङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर उनीहरूलाई सेवा सुविधा उपलब्ध गराउने जानकारी दिइन् । बैशाखी, ह्वीलचियर, स्वास्थ्य बीमा लगायतका सेवा प्रदान गराउने उनकाे भनाई छ । १० वर्षमुनिका अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा लगायतका अत्यावश्यक सेवा उपलब्ध हुने खरेलले बताइन् । आगामी…