झापा । भारतमा रहेको एक कम्पनीमा काम लगाइदिने भनी दार्चुलाका २० बर्षीय सिंहठगुन्ना आफूलाई पढाउने शिक्षकबाट २ लाख ठगीएको छ । भारतको सिलगुडी स्थित ग्लामाजोन लाइफस्टाईल नामक कम्पनीमा काम लगाइदिने बहनामा नेपालको बैतडी जिल्ला घर भएको शिक्षक भानसिहं धामीले काम लगाईदिने भनी ठगेको हो । बृद्धाअबश्थामा धेरै दुख गरेर आमाले जोह गरेको सुन बेचेको १ लाख र ऋण खोजेर १ लाखगरि जम्मा २ लाख छोराले राम्रो काम पाएछ भनी पठाइ दिनुभएको रकम स्वाहा भएको पीडित बताउँछन् । पीडितको अनुसार आफूले ४ जना युवालाई लगेर उनीहरुबाट दुइ–दुई लाख कम्पनीलाई बुझाएमात्र कमिसन बापद अठाइस हजार आठसय पाउने भएपछि आफूले मान्छे ल्याउन नसकेपछि…
२३ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ। साहारा बचत सहकारीको थुनछेक बहस नसकिएको भन्दै उनलाई हिरासतमा पठाइएको हो। चितवन जिल्ला अदालतमा बहस नसकिएपछि भोलि पुनः बहस हुनेछ। यसका लागि लामिछानेले भोलि बिहान अदालत उपस्थित हुनुपर्नेछ। चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणका प्रतिवादी लामिछाने आज बिहान अदालत उपस्थित भएका थिए। आजै उनको बयान सकिएलगत्तै थुनछेक बहस सुरू भएको हो। लामिछानेको करिब ४ घण्टा लामो बयान लिइएको थियो। लामिछानेविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बहस भइरहेको हो। आज सरकारी वकिलहरूले बहस गरेका थिए। थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहितका पदाधिकारी, आश्रित महिला र बाल बालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन । प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरेका थिए । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध…
२२ पुष २०८१, सोमबार मेचीनगर । झापाको मेचीनगरमा रहेको जागृत बाल उद्धार केन्द्र नेपाललाई कृपा फ्रि मेथोडिस्ट चर्चद्धारा खाद्यन्न सामग्री वितरण गरेको छ । केन्द्रमा कुल १३ जना बालबालिका आश्रित छन् । चर्चले प्रदान गरेको राहत सामाग्री चामल ९० केजी,तेल १० लिटर,दाल ५ केजी, चिनी ५ केजी,चिया रंग १ केजी, र मिठाइ २० पकेट गरि १५ हजार ९६० बराबरको राहत केन्द्रका सञ्चालक समितिका अध्यक्ष अम्बर बिष्टले ग्रहण गरेका थिए । अध्यक्ष बिष्टले बालबालिकाप्रति वास्तागरी देखाउनु भएकोे प्रेमकोे कदर गर्दै सहयोगी हातहरुलाई धन्यवाद दिइएका थिए । चर्चका रेभ पास्टर शमूएल तामाङले भन्नुभयो, बाइबल धर्मशास्त्रले अनाथ र बिधुवालाई हेर्नु भनेर लेखिएको बचन…
२८ कार्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट गरेका हुन् । घिसिंङले भने- ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरी उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’ पत्रकार सम्मेलनले आफूलाई राजनीति गरेको आरोप लागेको बताउँदै आफ्नो उद्देश्य देशको हित मात्र रहेको बताएका छन् । उनले आफूले लोकप्रियताका…
२३ कार्तिक, झापा। झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन्। वडा नम्बर ११ ब्याङडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा जुवा खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार जुवा अखडाबाट चार लाख ५४ हजार ५०० पनि बरामद भएको छ। पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बाँस्कोटा, वडा नम्बर ४ का शेवराज राजवंशी छन्। यस्तै, वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह,…
२० कार्तिक, काठमाडौँ। डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा महसुल नतिर्नुपर्ने माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । हिमाल आइरन एन्ड स्टिल उद्योगले नेपाल विद्युत प्राधिकरणको महसुल उठाउने निर्णयविरुद्ध रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएको हो । मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिटलाई खारेज गरिदिएको हो । प्राधिकरणले उक्त उद्योगले १३ करोड ६५ लाख १ हजार ९०२ रुपियाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ । डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ड स्टिलले २०७५ फागुन ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो । यसअघि विद्युत…
१५ कार्तिक, काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज राती १२बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट…
१२ आश्विन, धुलाबारी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले भारी वर्षाका कारण देशमा उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै तत्काल उद्धारमा लाग्न अपिल गरेका छन् । क्षेत्रीय सम्मलेनमा सहभागी हुन धुलाबारी आएका अध्यक्ष पोख्रेलले समापन समारोहलाई सम्बोधन गर्दै मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको अवस्थामा तुरुन्त राहत तथा उद्धारमा खटिन सबै शाखाहरुलाई निर्देशन दिएका हुन् । विगतदेखिनै सामाजिक उत्तरदायित्वमा जेसीज अग्रभागमा रहँदै आएको बताउँदै अध्यक्ष पोख्रेलले समग्र देशनै विपदमा रहेको बखत आआफ्नो क्षेत्रबाट जेसीजकर्मीहरु लागि पर्ने विश्वास ब्यक्त गरे । दुखेको घाउमा जेसीज जहिल्यै मह्लम बन्ने गरेको छ, उनले भने, 'समाजमा हामीले गर्दै आएका सकारात्मक गतिविधिलाई एकपटक पुन: प्राकृतिक विपत्ति र…